बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाले ६८ वर्षभित्र संसारलाई के–के दियो ?

मङ्गलबार, २६ असार २०७५, १० : ०४
मङ्गलबार, २६ असार २०७५

बीबीसी

सन् १९५० जून महिना थियो जब एकै प्रकारको नाम भएको देशले एक–अर्काविरुद्ध रक्तयुद्धको सुरुवात गरे । फलस्वरुप ६८ वर्ष बितिसक्दा पनि यो युद्धको निशान स्पष्ट रुपमा देख्न सकिन्छ ।

तीन वर्ष चलेको यो युद्धमा आमनेसामने थिए, दक्षिण र उत्तर कोरिया । दक्षिणलाई अमेरिकाको समर्थन थियो भने उत्तरसँग चीन र सोभियत संघ ।

अमेरिका र सोभियत संघबीच पुरानो दुश्मनी थियो र कोरियाली प्रायद्वीप उनीहरुको लडाईंको नयाँ मैदान बन्यो ।

सफलताको सिँढी कसरी उक्लियो कोरिया ?

सन् १९५३ जुलाई २७ तारिखमा जब युद्ध समाप्त भयो तब दुबै देशबीच एउटा सम्झौता भयो । सम्झौता अनुसार उत्तर र दक्षिण कोरियाबीच कोरियन डिमिलिट्राइज्ड ९म्ःश्० जोन बन्यो ।  युद्ध समाप्त भयो तर दुश्मनी ज्यूँका त्यूँ । सन् २०१८ मा दुबै देशका नेताले हात मिलाएपछि दुबै देशबीचको तनावग्रस्त स्थितीमा विराम लाग्ने कुरामा थुप्रै आशावादी भए ।

तर युद्धको ६८ वर्ष बितिसक्दा दक्षिण र उत्तर कोरियामा सबैकुरा परिवर्तन भए । उत्तर कोरिया परमाणु हतियारका कारण संसारबाट अलग्गियो र दक्षिण कोरिया संसारको सबैभन्दा समृद्ध मुलुकमा गिन्ती हुन थाल्यो ।

तर स्थिती सधैं यस्तो थिएन । गार्जियनका अनुसार कोरियाली युद्धपछि दक्षिण कोरिया संसारको सबैभन्दा गरिब देशमध्येको एक थियो । ६४ डलर प्रति व्यक्ति आय । आर्थिक हिसाबले कुरा गर्ने हो भने सन् १९६० मा दक्षिण कोरिया कंगोभन्दा पनि पछि थियो ।

तर त्यतिबेलादेखि अहिलेसम्म दक्षिण कोरियाको पूरा स्वरुपमा परिवर्तन आएको छ । यो कुरा सहि हो कि उसले अमेरिका र त्यसपछि जापानको अत्यधिक सहयोग पायो तर उसको मेहनतलाई नजरअन्दाज गर्न सकिन्नँ ।

दक्षिण कोरिया तत्कालीन राष्ट्रपति पार्क चुंग–हीको नेतृत्वमा ठूलो कारोबारी समूह खडा गरेर आर्थिक समृद्धिको सिँढी चढ्न सुरु गर्यो । यो नीतिका कारण सामसङ र एलजीजस्ता दक्षिण कोरियाली ब्रान्ड उदाएनन् मात्र उनीहरुले अत्यधिक सफलतासमेत हाँसिल गरे । र आफ्नो समृद्धिको ६८ वर्षमा दक्षिण कोरियाले यो दुनियाँलाई धेरै कुरा दिएको छ ।

उत्कृष्ट उत्पादनः

दक्षिण कोरियाले एक वा दुई होइन थुप्रै उत्पादन खण्डमा उत्कृष्ट गुणस्तरको सरसामानको उपलब्ध गराएको छ ।

सेलफोन, कम्प्युटर, गाडी, मेसिन, कस्मेटिक, रोबोटिक, एयर कन्डिशनर, किचनका सरसामान, प्रसोधित खानेकुरा ती खण्ड हुन् जसमा दक्षिण कोरियाली कम्पनीलाई कसैले पनि जित्न सक्दैन  ।

गाडी बनाउने कम्पनीमा ह्युन्दे र टेक्नोलोजी कम्पनीमा सामसङ–एलजीले संसारभरी आफ्नो राज जमाएको छ । एशियामा मात्र होइन, दक्षिण कोरियाली उत्पादनले यूरोप र अमेरिकासम्म आफ्नो जादु छरेको छ ।

इन्टरनेटको पहुँच र गतीः

सिएनएनका अनुसार जुन समयमा नेपाल थ्रीजी र फोरजीबीच झुण्डिरहेको छ, दक्षिण कोरिया फाइभजीमा पुगिसकेको छ । यहाँ इन्टरनेटको पहुँच ८२.७ प्रतिशत र ७९ प्रतिशत जनसंख्याको खल्तीमा स्मार्टफोन छ ।

१८ देखि २४ वर्ष समूहको जनसंख्याको कुरा गर्ने हो भने ९८ प्रतिशत नौजवान स्मार्टफोन बोक्छन् । ह्युन्देले यस्तो कार बनाउने बारे सोचिरहेको छ जुन फोनबाट स्टार्ट हुनेछ र सामसङले घुमाउरो फोन र टेलिभिजनको उत्पादन गरिरहेको छ ।

प्लास्टिक मनीः

बैंक अफ कोरियाका अनुसार संसारका सबैभन्दा धेरै क्रेडिट कार्डको प्रयोग दक्षिण कोरियामा गरिन्छ ।

सन् २०११ मा अमेरिका प्रति व्यक्ति ७७.९ ट्रान्ज्याक्सन भइरहेको थियो भने दक्षिण कोरियामा १२९.७ ट्रान्ज्याक्सन प्रति व्यक्ति ।

सुन्दा अचम्म लाग्ला, यो देशमा यदि कुनै व्यापारी वा पसलेले क्रेडिट कार्ड लिन अस्विकार गरे त्यो गैर–कानूनी हुनेछ ।

यसै कारण शपिङका लागि पनि दक्षिण कोरिया धेरैको रोजाईभित्र पर्छ ।

पढाई लेखाईः

दक्षिण कोरिया पढाई–लेखाईका साथै काम गर्ने मामलामा पनि संसारका अन्य देशभन्दा अगाडि छन् ।

यहाँको ९८ प्रतिशत जनसंख्याले माध्यामिक तहको पढाई गरेका छन् जबकी ६३ प्रतिशतले कलेजसम्म । दक्षिण कोरियाका थुप्रै शहरका भवनमा अबेर रातीसम्म बत्ती बलेको देख्न सकिन्छ जसले मानिसहरु धेरै बेरसम्म पढाई लेखाई गर्छन् भन्ने संकेत दिन्छ ।

यतिमात्र होइन, त्यहाँ काम पनि अत्यधिक गरिन्छ । राजधानी सोलमा बस्ने मानिसहरु निकै कम सुत्छन् र एक अनुसन्धान अनुसार उनीहरुको रातीको निन्द्रा ६ घण्टाभन्दा पनि कम हुन्छ । काम सिद्धाएपछि उनीहरु पार्टी गर्न पनि रुचाउँछन् ।

कस्मेटिक र प्रयोगः

मेकअप र कस्मेटिकको कुरा गर्नुपर्दा दक्षिण कोरियाली मेकअप गर्ने सामान र त्यसलाई लगाउने तरिकामा पनि नयाँपन चाहन्छन् ।

सन् २०११ मा त्यहाँ चिप्लेकिराबाट बनाइएको क्रिम पनि आएको थियो । यसका साथै, ज्वालामुखी बिस्फोट हुँदा निस्कने लाभाको माटोबाट बनेको फेस मास्क पनि बनिरहेको छ ।

यस्तै अब यहाँ हेयर शकरको क्रेज पनि छ जसमा कपालका लागि विभिन्न रङको प्रयोग गरिन्छ । वास्तविक फूल देखाउने नेल पोलिस पनि चलनमा छ ।

गल्फको जलवाः

सन् २०१३ मा एक अंग्रेजी प्रकाशनले सोधेको थियो – कोरियाली महिला गल्फमा यति राम्रो कसरी छन् ? र्यांकिङमा अचम्मित गरिदिने किसिमको छ ।

संसारको शीर्ष सय महिला गल्फरमा ३८ जना कोरियाली छन् ।

फ्लाइट अटेन्डेन्टः

विमानमा जसले यात्रा गरेका छन्, उनीहरुलाई पक्कै थाहा होला कि एयर होस्टेसको काम कति गाह्रो र रोचक हुन्छ ।

तर निकै थोरै मानिसलाई थाहा छ कि संसारभरको विमान कम्पनीले आफ्ना फ्लाइट अटेन्डेन्टलाई कोरियाली एयरलाइन्सको तालिम केन्द्रमा पठाइन्छ ता कि उनीहरुको कौशल र व्यवहार सिक्न सकून् ।

प्लाष्टिक सर्जरीः

प्लाष्टिक सर्जरीका लागि दक्षिण कोरिया निकै चर्चित छ । रुसी, चिनियाँ, मंगोलियन र जापानी प्लाष्टिक सर्जरी मेडिकल टुरिजमका लागि यहाँ पुग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप