बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अर्घाखाँचीमा वार्षिक सात करोडको दूध बिक्री

शनिबार, ३१ असार २०७४, १४ : ४५
शनिबार, ३१ असार २०७४


सन्धिखर्क - अर्घाखाँची जिल्ला दूधमा आत्मनिर्भर बनेको छ । 

यहाँका युवा व्यावसायिक रुपमा गाईभैंँसी पालनमा लागेपछि यो जिल्ला दूधमा आत्मनिर्भर बनेको हो । जिल्लामा सय भन्दा धेरै दुग्ध उत्पादक समूह गठन भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । 

व्यावसायिक रुपमा गाईभैँसी पाल्नेमा अधिकांश युवा पुस्ताका व्यक्ति रहेका छन् । जिल्लामा वार्षिक करिब रु सात करोड मूल्य बराबरकोे दूध उत्पादन हुने गरेका छन् । तीमध्ये अधिकांश दूध जिल्लामै खपत हुने गरेको र बाँकी छिमेकी जिल्ला पाल्पा एवम् गुल्मीमा निर्यात हुने गरेको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक विष्णु पौडेलले जानकारी दिनुभयो । 

उहाँले जिल्लाका विभिन्न ठाउँमा रहेका दुग्ध संकलन केन्द्रमा दैनिक चार हजार लिटर दूध संकलन हुने गरेको बताउँदै पशुपालन व्यवसायमा लागेका कृषकलाई कार्यालयले विभिन्न अनुदान तथा प्राविधिक सेवामा निरन्तर सहयोग पु¥याएको छ भन्नुभयो । 

“उत्पादन र बजारीकरणलाई सँगसँगै व्यवस्थापन गरेर लैजानुपर्छ’ पशु चिकित्सक पौडेलले भन्नुभयो,” यसका लागि कार्यालय जुनसुकै सहयोग गर्न पनि तयार छ ।’ 

जिल्लाको किमडाँडा, मेरङ अर्घातोष, पटौटी पणेना पोखराथोक, ढाडमैदान, डिभर्ना चिदिकालगायतका क्षेत्रमा दूध संकलन गरी बिक्री हुँदै आएको छ । सन्धिखर्कमा मात्रै दैनिक दुई हजार लिटर दूध संकलन हुन्छ । मेरेङ अर्घातोषको दूध गुल्मी निर्यात हुन्छ भने पटौटी पणेनाको दूध पाल्पा निर्यात हुन्छ । सदरमुकाम सन्धिखर्कमा बढी मात्रामा दूध उत्पादन भएपछि यहाँका कृषकले चिलिङ भ्याट ९चिस्यान केन्द्र० स्थापना गरेर दूध संकलन गर्न थालेका छन् । 

चिस्यान केन्द्र स्थापना भएपछि यहाँ दुग्ध कृषकमा खुसियाली छाएको पशुसेवा कार्यालयका प्राविधिक गुरुप्रसाद भुसालले बताउनुभयो । चिस्थान केन्द्र नहुँदा कृषकले दूध स्टक गरेर राख्न पाएका थिएनन् । अब भने सन्धिखर्कको दूध चिस्यान केन्द्रमा जम्मा गरेर कपिलवस्तु निर्यात हुनथालेको भुसालको भनाइ छ । 

“जिल्ला पशुसेवा कार्यालयको एक लाख अनुदान र लक्ष्मी गाईपालन तथा दुग्ध उत्पादन बिक्रीवितरण संस्था किमडाँडाको एक लाख गरी दुई लाखको लागतमा स्थापना भएको सो चिस्यान केन्द्र पाँच सय लिटर क्षमताको छ । यसमा ७२ घण्टासम्म दूध राख्न सकिन्छ । 

‘किसानले उत्पादन गरेको दूध खेर जाने अवस्थामा थियो’ लक्ष्मी गाईपालन समूहका अध्यक्ष धर्मराज बञ्जाडेले भन्नुभयो,” ‘ चिस्यान केन्द्र स्थापना भएपछि धेरै राहत हुने आशा लिएका छौंँ ।’ 

व्यवसायीक रुपमा पशुपालनमा लागेका किसानलाई राज्यले उपयुक्त सेवा र सुविधा प्रदान गर्न सके यसले बजार माग मात्र पूरा गर्दैन्, युवा स्वरोजगार भई गाउँकै मुहार फेर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप