बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिनेस्टाको अन्तर्राष्ट्रिय बिक्री केन्द्र विस्तार, काठमाडौंमा शोरुम

सोमबार, २५ असार २०७५, १९ : १०
सोमबार, २५ असार २०७५

काठमाडौं । भारतको बृहत् झ्याल ढोका सम्बन्धी कम्पनी तथा डिसिएम श्रीराम लि.को एक विभाग फिनेस्टा बिल्डिङ सिस्टमले पहिलो पटक देश बाहिर आफ्नो बिक्री केन्द्र शुभारम्भ गरेको छ ।

कम्पनीले यसको शुरुवात् काठमाडौंबाट गरेको उद्घोष गरेको छ । यो नयाँ शोरुमले नेपाली ग्राहकहरुलाई झ्याल, ढोकाहरु किन्ने परम्परागत प्रचलनमा परिवर्तन दिलाउने र ग्राहकहरु किन्नु अघि ती उत्पादनहरुलाई स्पर्श गरेर त्यसको महसुस गर्न सक्ने कम्पनीले बताएको छ ।

शोरुममा फिनेस्टाका विविध डिजाइनका झ्याल ढोकाहरु विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछन् । शोरुम उद्घाटन कार्यक्रममा फिनेस्टा बिल्डिङ्ग सिस्टमका बिजनेस प्रमुखसाकेत जैनले फिनेस्टा भारतको एकमात्र त्यस्तो ब्राण्ड भएको र भारतभर विस्तारित शोरुमहरुमार्फत् ग्राहकहरुलाई प्रत्यक्ष अनुभवको मौका दिने गरेको बताए ।

उनले यसको विस्तार अन्तर्राष्ट्रिय रुपमा पनि गरेको र नेपालका ग्राहकहरुलाई उत्कृष्ट डिजाइनहरुको चयन गर्न र खरीद कार्यको निर्णय छिटो गर्न सहयोग पुग्ने बताए  । फिनेस्टाका उत्पादनहरुको निर्माण ध्वनि, वर्षा र धुलोले कुनै असर नगर्ने प्रविधिका साथ गरिएको हुनाले भारतभरका प्रमुख बिल्डरहरु, आर्किटेक्टहरु र इन्टेरियर डिजाइनकर्ताहरुमाझ अत्यन्त लोकप्रिय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप