शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनता बैक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

सोमबार, २५ असार २०७५, १५ : ०३
सोमबार, २५ असार २०७५

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

जनता बैकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप