केन्द्रीय संस्करण

नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड, शेयरधनीहरूलाइ उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स

person access_timeअसार २५, २०७५ chat_bubble_outline0

काठमाडौं । नेपाली बीमा बजारमा सर्वाधिक लोकप्रिय कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ पुगिसकेको छ । यो बिमा समितिले तोकेको भन्दा करिव २ अर्व ३९ करोड बढी हो । 

कम्पनीले आफ्ना शेयरधनीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनश दिई बीमा क्षेत्रमै सबैभन्दा उत्कृष्ट बोनश दिने अग्रणी इन्स्योरेन्स कम्पनीको रूपमा आफूलाई उभ्याउन सफल भएको छ । 

नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको सर्वाधिक जीवन बिमा कोष ५० अर्ब, लगानी ५७ अर्ब, बार्षिक कुल बिमा शुल्क १४ अब, आठ अर्ब शेयर धनि कोष, १३ अर्ब बिमा दाबी भुक्तानी,  ९० हजार प्रशिक्षित अभिकर्ता, १२५ बिमितहरुको सेवा कार्यालयहरु र हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीको बीमित छन् ।

ग्राहकहरूले जीवन बीमा क्षेत्रमै उच्चतम लाभ तथा सेवा सहज रुपमा प्राप्त गरुन् भन्ने उद्देश्य राखी, यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने बताएको छ ।

साथै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका १२५ भन्दा बढी शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । 

कम्पनीले सन् २०१३।१४।१६ र१७ मा गरी चार पटक न्यू बिजनेस एज प्रा.ली.द्वारा प्रदान गरिने ‘बेस्ट म्यानेजमेण्ट अवार्ड’ पनि प्राप्त गरेको थियो ।

साथै, विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्डसमेत पाउन सफल भएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ