शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फेसवुकमा अमेरिका भन्दा अगाडि आयो भारत

शनिबार, ३१ असार २०७४, १३ : ०५
शनिबार, ३१ असार २०७४

दिल्ली-मिडिया रिपोर्टका अनुसार भारतमा फेसवुक प्रयोग गर्नेहरुको सख्या करोड भन्दा बढी भएको छ । फेसवुक प्रयोग कर्ताको हिसावले अन्य देशमा भन्दा भारतमा बढी भएका छन् । 
फेसवुकका अनुसार जुलाई १३ सम्म भारतमा २४ करोड एक लाख फेसवुक प्रयोगकर्ता छन् भने अमेरिकामा २४ करोड छन् । 
केही दिन अगाडि मात्र फेसवुकले संसार भर एक अरब मानिस फेसवुकको प्रयोगकर्ता रहेको जनाएको छ । 
द नेक्स्छ ववेका अनुसार बर्ष २०१७ को शुरुवामा भारत र अमेरिकामा फेसवुक प्रयोगकर्ताको सख्याँ निकै बढेको छ । तर, केही तथ्याङ्कका अनुसार भारतमा अमेरिकामा भन्दा बढी फेसवुक प्रयोगकर्ता बढिरहेका छन् । 
गएको ६ महिनाको कुरा गर्ने हो भने भारतमा फेसवुक प्रयोगकर्ताको सख्याँमा २७ प्रतिशत बृद्धि भएको छ । ठीक यही बेला अमेरिकामा १२ प्रतिशत मानिस फेसवुकमा आएका थिए । 
यस्तो आकडा भएपनि भारतका केही ठाँउमा अझै फेसवुकको पहुँच पुगको छैन । गएको एक महिनाको हिसाव हेर्ने हो भने भारतमा १९ प्रतिशत मात्र मानिस फेसवुकमा आउँछन् ।

अमेरिकाको तुलनामा भारत धेरै पछाडि छ, अमेरिकामा ७३ प्रतिशत मानिस फेसवुक चलाउँछन् । पुरै विश्वको कुरा गर्ने हो भने ४२ प्रतिशत मानिसहरु फेसवुक चलाउँछन् । 
स्मरण रहोस् कि विज्ञापन दिनेहरुलाई उपलब्ध गराउने फेसवुकको सख्याँ फरक हुन सक्छ । 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप