शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमानको खुलासाः जुही चावलाको हात माग्न उनको घर गएको थिएँ

सोमबार, २५ असार २०७५, १२ : ०६
सोमबार, २५ असार २०७५

सलमान खान र जुही चावला, यी दुईले फिल्ममा त सँगै काम गरे तर अफेयरको खबर कहिले पनि आएन तर सुन्दा अचम्म लाग्ला, सलमान कुनै समय जुहीसँग विवाह गर्न चाहन्थे । यसबारे सलमान आफैंले खुलासा गरेका हुन् ।

वास्तवमा सलमानको एउटा २६–२७ वर्ष पुरानो भिडियो सार्वजनिक भएको छ जसमा उनले जुहीको बुवासँग उनको हात माग्न घर गएको तर उनले अस्विकार गरेको बताएका छन् ।

उक्त भिडियोमा उनले भनेका छन्, ‘जुही निकै सुन्दर र प्यारी छिन् । मैले त उनको पापासँग उनको हात पनि मागेको थिएँ तर बुवाले अस्विकार गर्नुभयो । सायद उहाँलाई म मनपर्दैनथ्यो । खोई उहाँलाई के चाहिएको थियो ?’

उक्त भिडियो सोसल मिडियामा सार्वजनिक भएको हो । यद्यपी, सलमानले यो कुरा ठट्टामा भनेका हुन् वा गम्भीर भएर, त्यो भने पत्ता लागेको छैन । के साँच्चै सलमान जुहीलाई प्रेम गर्दथे त ? तर यो पक्कै हो कि वर्षौं पहिले कुनै मनमुटावका कारण दुबैले पुनः सँगै काम गर्न छोडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप