बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अमेरिकन बाबु मेड इन नेपाल’ स्वदेश भन्दा पहिले अमेरिकामा

सोमबार, २५ असार २०७५, १२ : ०१
सोमबार, २५ असार २०७५

काठमाडौं – चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शनका लागि तयार भएको छ । सम्पूर्ण छायांकन अमेरिकामा गरिएको चलचित्रले ट्रेलर सार्बजनिक गरेर चलचित्रको प्रचार थालेको हो । 

ट्रेलर हेर्दा चलचित्रमा अमेरिकामा बस्ने नेपालीको कथा समेटिएको अनुमान लगाउन सकिन्छ । यसको निर्देशक तथा सम्पादक ईश्वर थापाले गरेका हुन् ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लिका लागि राजेश गुरुङ, मञ्जु राना मगर, संझना उप्रेतीको निर्माण रहेको चलचित्रमा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती ‘पौल’, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

चलचित्र ९ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क र १६ सेप्टेम्बरमा ब्रानफर्ट सिटीमा रिलिज हुने जानकारी निर्देशक थापाले दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप