शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीकर्मी गिरीलाई ओएस नेपाल पत्रकारिता सम्मान

सोमबार, २५ असार २०७५, ११ : ३७
सोमबार, २५ असार २०७५

काठमाडौं – रातोपाटीकर्मी कुबेर गिरी ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित भएका छन् । दोस्रो ओएस नेपाल म्युजिक अवार्ड २०७५‘मा उनलाई सो सम्मान प्रदान गरिएको हो । 

आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा गायिका तथा सभासद कोमल वली, पत्रकार ऋषि धमला ओएस नेपालका बिबेक कार्की लगायतले गिरीलाई माला, खादा सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।
कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, रेडियो नेपालका चन्द्रमणि गौतम र राम अबिरल, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारीले समेत ‘ओएस नेपाल पत्रकारिता सम्मान २०७५’ प्राप्त गरेको समारोहमा हिमालयन टाइम्स दैनिकका गोपी कृष्ण चापागाई र रमाईलो छका उत्सब रसाइलीलाई ‘ओएस नेपाल पत्रकारिता प्रोत्सान २०७५’ पुरस्कार प्रदान गरियो ।

        
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप