शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीले अन्तर्जातीय बिहे गरेपछि बाबुआमाले लिए डेढ लाख क्षतिपूर्ति !

शनिबार, ३१ असार २०७४, १२ : ५१
शनिबार, ३१ असार २०७४

सुनसरी  – अन्र्तजातिय बिबाह गरेर हिँडेकी छोरी खोजी गरिदिन प्रहरीमा उजुरी दिएका अभिभावकले डेढ लाख रुपैया लिएर छोरी ज्वाईको जिम्मा लगाएका छन् ।
विराटनगर ११ केशलिया रोडका बाबुआमा मोहन खडका र पुनम खड्काले दलित युवासँग प्रेम बिबाह गरेर घरबाट हिँडेकी २० बर्षिया छोरी अनुषालाई छुटाउन खोजेपनि नमानेपछि  प्रहरी कार्यालयमा क्षतिपुर्ति बापत एक लाख एकाउन्न हजार रुपैया बुझेर छोरी ज्वाई पक्षलाई जिम्मा लगाएका हुन् ।


डेढ महिना अघि प्रेमबिवाह गरेर घर छाडी हिँडेका संखुवासभा पाँचखपन नगरपालिका ६ घर भई हाल सुनसरी इटहरी उपनगरपालिका २  हलगडा बस्दै आएका २० बर्षिय सपन गदाल (बिश्वकर्मा) र बिराटनगर महानगर ११ की २० बर्षीया अनुषा खडका आफुहरुलाई अलग नगराउन बिन्ति गर्दै ३० असार दिउँसो सुनसरी स्थित ईलाका प्रहरी कार्यालय ईटहरीमा आफैं हाजिर भएका थिए ।


त्यसपछि केटीका अभिभावकले छोरी अनुषालाई लान धेरै प्रयास गरेपनि आफनो श्रीमानसँग अलग हुन नमानेपछि आमाबाबुहरु छोरी ज्वाई पक्षलाई जिम्मा लगाउन बाध्य भएका थिए । त्यसपछि उनिहरुले घरबाट हिँडदा छोरीले ७० हजार रुपैया र दुईटा सुनको औठी लिएर हिँडेको भन्दै सो वापतको क्षतिपुर्ति दिनुपर्ने अडान लिएका थिए । केटीका आमाबुबाको अडानपछि केटाका बाबु हेमकुमार गदालले प्रहरी कार्यालयमै क्षतिपुर्ति बापतको एक लाख एकाउन्न हजार रुपैया चेक हस्तान्तरण गरेका थिए । चेक पाएपछि केटीका आमाबुबाले कागजमा सही छाप गरेर छोरी ज्वाई पक्षलाई जिम्मा लगाएका थिए ।


बिराटनगर स्थित एभरेष्ट माबिमा कक्षा १२ को परिक्षा दिएका अनुषा र सपन प्रेमबिवाह गरेर घर छाडी  हिँडेपछि  उनिहरु लुकिछिपी आफन्तकोमा बस्दै आएका थिए ।   यता केटीका आमाबाबुले सपनले अपहरण गरेर  बन्धक बनाएको भन्दै छोरी खोजी गरिदिन प्रहरीमा जाहेरी दिएका थिए । 


केटीका आफन्तले पटक पटक केटाको परिवारलाई धम्की दिएपछि घरछाडेर हिँडेका केटाकेटी आफनो कारणले अरुलाई असुरक्षा नहोस भनेर आफै शुक्रबार सुनसरी स्थित इलाका प्रहरी कार्यालय ईटहरीमा हाजिर भएका थिए ।  


 उनिहरुले डिएसी नरेश सुवेदी समक्ष राजीखुशीमा बिबाह गरिसकेकोले छुटिएर बस्न नसक्ने भन्दै अलग नगराउन आग्रह  गरेका थिए । उनिहरुकै आग्रहमा प्रहरीले दुबै पक्षलाई झिकाएर छलफल गराएको थियो । 


छलफलका क्रममा छोरीलाई अलग गराउन केटी पक्षले निक्कै करबल गर्दा पनि पार नलागेपछि अन्तमा छोरीले लिएर हिँडेको ७० हजार रुपैया र दुई ओटा सुनको औठीको क्षतिपुर्ति मागेका थिए । केटा पक्षले तत्काल चेक काटेर उक्त्त रकम केटीका बाबु आमालाई दिएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप