शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘मिस्टर भर्जिन’को टिजर

सोमबार, २५ असार २०७५, ११ : १२
सोमबार, २५ असार २०७५

काठमाडौं – १ भाद्रलाई आफ्नो प्रर्दशन मिति तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’ले टिजर सार्वजनिक गरेको छ । टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल लगायत देखिएका छन् । 
तीन युवाको यौन मनोविज्ञानको कथा बिषय बनाएको चलचित्र लाई वोल्र्ड वाइड फिल्मस् डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको हो । विशारद बस्नेतको निर्देशन रहेको ‘मिस्टर भर्जिन’मा गौरव, विजय , कमलमणि, मरिश्काको अलवा भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । 
महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत र मिलन डी. काप्रीको सम्पादन रहेको चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ  गिरी रहेका छन् ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी छ, भने सह–निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप