बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढुंगा लागेर किशोरीको मृत्यु

सोमबार, २५ असार २०७५, १० : १५
सोमबार, २५ असार २०७५

दार्चुला -दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिनुभयो । 

विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर २ को धौलेबगरस्थित माथिबाट खसेको ढुंगा भट्टको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको बोहराले जानकारी दिनुभयो । मृतक भट्ट सोही वडामै रहेको श्री सत्य प्रकाश मावि देथलामा कक्षा ९ मा अध्ययनरत थिइन् । 

घटनाबारे थप जानकारी लिन इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप