आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थाइल्याण्डः आखिर चार बच्चालाई गुफाबाट कसरी निकालियो ?

सोमबार, २५ असार २०७५, ०९ : ३५
सोमबार, २५ असार २०७५

थाइल्याण्डमा पानीले भरिएको गुफामा फसेका बाँकी आठ बच्चा र उनीहरुका प्रशिक्षकलाई निकाल्नका लागि राहत र उद्दारकर्मी तयार छन् ।

यो गुफामा कूल एक प्रशिक्षकसहित १२ बच्चा फसेका थिए जसमध्ये आइतबार चार बच्चालाई सुरक्षित निकालिएको थियो । राहत र उद्दार कार्यमा प्रयोग भइरहेको ट्याङ्कलाई परिवर्तन गर्नका लागि यो अभियान रातभरी रोकिएको हो ।

गुफामा पानी बढ्ने अशंकाका कारण उनीहरुलाई चाँडोभन्दा चाँडो बाहिर निकालिने कोसिस गरिँदैछ । यी बच्चाहरु गुफामा जून २३ तारिखदेखि फसिरहेका छन् ।

चियांग रायका गर्भनर नारोंगसक ओसोटानकोर्नले सोमबार बिहानैदेखि राहत र उद्दारको कार्य सुचारु गर्नका लागि आइतबार सबै एयर ट्याङ्कको व्यवस्था मिलाइएको जानकारी दिए ।

बाँकी बच्चालाई पनि निकाल्ने तयारी भइसकेको छ । गोताखोरले बच्चालाई अँध्यारोमा पानीसँग कसरी सामना गर्ने भन्ने बारे जानकारी दिइरहेका छन् ।

पानी रोकिएकाले राहत–उद्दारकर्मी मिशन सफल हुने कुरामा आशावादी छन् । पहिलो चरणको अभियानमा पनि युद्धस्तरमा सर–सामानलाई गन्तव्यसम्म पुर्याइएको थियो ।

आखिर बच्चाहरुलाई कसरी निकालियो ?

चार बच्चाहरुलाई थाइल्याण्डका ४० र ५० विदेशी गोताखोरले सकूशल निकाल्न सफल भएका हुन् । यसका लागि यो निकै चुनौतीपूर्ण अभियान थियो ।

उनीहरु त्यहाँसम्म डोरीको मद्दतले पानीमा हिँड्दै, पौडिदैं र चढ्दै पुगे । गोताखोरको अनुहार पूर्ण रुपमा मास्कले ढाकिएको थियो ।

गुफाको पानीबाट कसरी बाहिर निस्कनुपर्छ भन्ने बारे केही पनि थाहा नभएका बच्चालाई त्यहाँबाट निकाल्नु कम चुनौतीपूर्ण काम होइन ।

हरेक बच्चासँग दुई गोताखोर थिए । यिनै गोताखोरसँग एयर सप्लाई पनि थिए । गोताखोरका लागि त्यो गुफाको आधा बाटोसम्म पुग्नु नै निकै चुनौतीपूर्ण थियो ।

त्यहाँसम्म अक्सिजनको ट्याङ्क लैजान निकै मुश्किल थियो । यी गोताखोरले चेम्बर थ्री नामको एउटा बेस बनाएका थिए जसमार्फत बच्चालाई गुफाको प्रवेशद्वारसम्म पुर्याइएको थियो ।

सुरक्षित निकालिएका बच्चालाई चियांग राय अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार थाई नेवीका एक गोताखोरको अभियानको क्रममा मृत्यु भएको थियो ।

यसबाट अन्दाज लगाउन सकिन्छ कि यो अभियान कति चुनौतीपूर्ण छ । समन गुनान अक्सिजनको ट्याङ्क पुर्याएर फर्किरहेका थिए, त्यतिबेला उनी आफैंलाई अक्सिजनको कमी भयो र उनको मृत्यु भयो । गुनानका एक सहकर्मीले उनको साथीको समर्पण खेर नजाने बताएका छन् ।

गुफाबाहिर रहेका बीबीसी संवाददाता निक बीकको बयानः

यो एक हाई–प्रोफाइल अभियान हो । थाइल्याण्डलाई थाहा छ कि संसारभरीका मानिसहरुले यो घटनालाई नियालिरहेका छन् । यी बच्चालाई त्यहाँबाट सकूशल निकाल्नु एक ठूलो चुनौती हो ।

राहत–उद्दार समूहमा संसारभरीका विशेषज्ञ गोताखोर समावेश छन् र उनीहरुले आइतबार चार बच्चालाई सुरक्षित निकालेर यसको पुष्टि गरिसकेका छन् ।

चार बच्चालाई सुरक्षित निकालेपछि मानिसहरुमा आशा जागेको छ । पूरा अभियानबाट स्पष्ट हुन्छ कि गोताखोर आफ्नो लक्ष्यपूर्तीका  पूर्ण रुपमा प्रतिबद्ध छन् ।

राहत–उद्दारकर्मी गुफासम्म कसरी पुगे ?

गुफाको प्रवेशद्वारभन्दा चार किलोमिटर टाढा उनीहरु फसेका छन् । यी बच्चाहरुको उमेर ११ देखि १७ वर्ष बीच छ । उनीहरु वाइल्ड बोर्स फुटबल क्लबसँग आबद्ध छन् ।  

राहत–उद्दारकर्मी गुफामा ड्रिल गर्नेबारे पनि विचार गरिरहेका छन् । यसका साथै गुफासम्म पुग्नका लागि दोस्रो तरिकाको खोजी पनि जारी छ ।

वर्षा भए अबको दिन थप चुनौतीपूर्ण हुनेछ । राहत–उद्दारकर्मी गुफाको जलस्तर बृद्धि नहोस् भन्नका लागि पम्पमार्फत पानी निकालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप