शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भुटान एयरलाइन्सको थोत्रो जहाज भाडामा ल्याउन निगमको लबिङ, आइकाओ रुष्ट

शनिबार, ३१ असार २०७४, १२ : ३७
शनिबार, ३१ असार २०७४

काठमाडौं– नेपाल वायु सेवा निगमले १७ वर्ष पुरानो भुटान एयरलाइन्सको विमान भाडामा नेपाल ल्याउन तीब्र लबिङ गरिरहेको पाइएको छ ।  नागरिक उड्ययन प्राधिकरणको ऐनमा १५ वर्ष भन्दा पुरानो विमान खरिद गर्न रोक लगाइएपनि  निगमले  ल्याइछाड्ने योजनाका साथ तीब्र लबिङ गरिरहेको  हो  । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले विमान ल्याउने योजना  सफल बनाउन  प्रधानमन्त्री शेरबहादुर देउवादेखि विभिन्न शक्तिकेन्द्रमा धाइरहेको स्रोतले बताएको छ । प्राधिकरणको ऐनमा १५ वर्ष  भन्दा पुरानो जहाज खरिद गर्न नपाइने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि निगमले पर्यटन मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म यो  प्रस्ताव पठाएको छ । 
निगम प्राधिकरणको ऐनले १५ वर्षभन्दा पुरानो जहाज खरिदमा रोक लगाएको तर सेवा भाडामा ल्याउने विषयमा मौन रहेकाले विमान लिजमा ल्याउन पाउनुपर्ने अडानमा निगम रहेको छ ।

निगमले आफ्नो एक्लो बोइङ ७५७ विमानलाई मर्मतका लागि सिंगापुर पठाएपछि भुटान एयरलाइन्सको विमान भाडामा लिन लागेको दाबी गरेको हो । 
 ४५ दिनका लागि उक्त विमानलाई सिंगापुर पठाइने भएपछि निगमले त्यो विमानले उडान भर्दै आएका तीनवटा गन्तव्यका लागि जहाज लिजमा लिन तीनपटक टेन्डर आहवान गरेको थियो र  तीन पटकको आह्वानमा भुटान एयरलाइन्सको टेन्डरलाई निगमले स्वीकृत गरेको थियो । तर, १७ वर्ष पुरानो विमानलाई ल्याउन नहुने भन्दै प्राधिकरणले निगमको फाइललाई तालुक मन्त्रालय पठाइदिएको थियो ।
प्राधिकरणले अस्वीकार गर्दागर्दै पनि निगमले सोहि विमान ल्याउने योगदाका साथ लबिङ गरिरहेको हो ।
यसैबीच नेपालको नागरिक उड्डयन सुरक्षा अवस्थाबारे अनुगम गर्दै आएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)  भुटान एयरलाइन्सको थोत्रो जहाज भाडामा ल्याउन लागिएसँगै रुष्ट बनेको बताइएको छ । 
नेपाली नागरिक उड्यन क्षेत्र असुरक्षित रहेको भनि आइकाओले  बताइरहेको बेला निगमले भुटान एयरलाइन्सको थोत्रो जहाज किन्न  लबिङ थालेपछि आइकाओ रुष्ट बनेको हो ।  नेपालको उड्ययन क्षेत्र हालपनि आईकाओको कालोसूचिमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप