बालकृष्ण उग्रतारा स्मृति पुरस्कार पत्रकार पराजुलीलाई
पोखरा - यस वर्षको बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गङ्गाधर पराजुलीलाई सम्मान गरिने भएको छ ।
सो पुरस्कारको राशि रु २० हजार १११ र सम्मानपत्र रहेको छ । वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनोट समितिले पुरस्कारका लागि पराजुलीलाई सिफारिस गरेको पत्रिकाका कार्यकारी निर्देशक रामजी लम्सालले जानकारी दिनुभयो।
२०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पराजुली हाल पोखराबाट प्रकाशित हुने गोल्डेन न्यूज दैनिकको प्रकाशक संस्था सुनौलो पब्लिकेसनका कार्यकारी अध्यक्ष तथा पत्रिकाका प्रधान सम्पादक हुनुहुन्छ ।
पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उहाँका परिवारबाट स्थापित तथा पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाद्वारा सञ्चालित सो पुरस्कारबाट सम्मानित हुने पत्रकार पराजुली रासस सञ्चालक समितिका पूर्व सदस्य एमम् नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)