टानमा विवाद चर्कियो
काठमाडौं–ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा देखिएको विवाद उग्र बन्दै गएको छ । अध्यक्ष चन्द्र रिजालले कोषाध्यक्षको अधिकार कटौती गर्दै विधान संशोधन गरेको भनि सुरु भएको विवाद थप उग्र बन्दै गएको हो ।
शुक्रबार टान कार्यालयमा बसेको कार्यसमिति बैंठकमा विधान संशोधन र कोषाध्यक्षको अधिकार कटौती सहित सह–कोषाध्यक्षको हस्ताक्षर चल्ने गरि केही दिन अघि मात्र सनराइज बैंकमा खाता खोलेको विषयलाई लिएर चर्काचर्की भएको एक पदाधिकारीले बताए । यद्यपी अध्यक्ष चन्द्र रिजााले साधारणसभाले पारित गरेको विधानको विषयलाई लिएर कसैले विवाद झिक्छ भने त्यसको कुनै औचित्य नहुने तर्क गरे । उनले भने, ‘साधारणसभाले पारित गरेको विधान संशोधनमा विवाद गर्नुको औचित्य हुन्न । संस्थाले विधिसम्मत गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । ’
तर असन्तुष्ट समूहले भने झुक्याएर विधान संशोधन गरेको भन्दै त्यो नसच्चिएसम्म स्वीकार्य नहुने बताएको छ ।
यही विषमा अध्यक्ष रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहाल पक्ष बीच बैठकमा चर्काचर्की भएको ती पदाधिकारीको भनाई छ । तनावपछि रिजालले संस्थागत माइन्यूटको फोटोकपी र विधान संशोधनको प्रतिलिपि बाड्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
अध्यक्ष रिजाल सहित वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई विगतमा पटक–पटक आग्रह गरेको र उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि साधारणसभाबाट कोषाध्यक्षको अधिकार कटौती हुने गरी झुक्याएर विधान संशोधन गरिएको असन्तुष्ट समूहको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै