शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मनिषा कोइरालाकी आमाले किन मागिन् ऋषि कपुरको नम्बर ?

आइतबार, २४ असार २०७५, १३ : ०४
आइतबार, २४ असार २०७५

बक्स अफिसमा धमाका मच्चारहेको फिल्म सञ्जुमा संजय दत्तको भूमिका निभाउने नायक रणबीर कपुरको कामको निकै चर्चा भइरहेको छ । हुबहु संजय दत्तलाई पर्दामा उतार्न सकेको भन्दै रणबीरको चौतर्फी तारिफ भइरहेको हो । फिल्ममा संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी नायिका मनिषा कोइरालाकी आमा सुश्मा कोइरालाले त मनिषालाई फोन गरेर रणबीरको कामको तारिफ गर्न ऋषि कपुरको फोन नम्बरसमेत लिइन् ।

भारतीय समाचार माध्यमसँग कुरा गर्दै मनिषाले भनिन्, ‘मेरी आमाले मलाई नेपालबाट फोन गरेर ममाथि र फिल्ममाथि गर्व भएको बताउनुभयो । यतिमात्र होइन उहाँले रणबीरले निकै राम्रो काम गरेको भन्नका लागि ऋषि कपुरजीको नम्बर पनि माग्नुभयो । उहाँ संजय दत्तसँग पनि कुरा गर्न चाहनुहुन्छ तर उनी र मान्यता देशभित्र छैनन् ।’

फिल्ममा मनिषाको कामको पनि निकै चर्चा भइरहेको छ । ऋषि कपुर, रेखा र विद्या बालनले मनिषालाई फोन गरेर शुभकामना दिए । स्मरण रहोस्, संजय दत्तको यो बायोपिक फिल्मले अहिलेसम्म विभिन्न रेकर्ड तोडिसकेको छ । दोस्रो हप्तासम्म फिल्मले तीसय करोड भारुको आँकडा छुनसक्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप