शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती श्रीमतीको यसरी ख्याल राख्नुहोस्

शनिबार, ३१ असार २०७४, १० : ५४
शनिबार, ३१ असार २०७४

गर्भावस्थामा महिलाको व्यवहार र मूडमा परिवर्तन हुने गर्दछ । यस्तोमा उनका श्रीमानलाई उनको हरेक कुरा बुझ्न मुश्किल हुन्छ ।

धेरैजसो पुरुषले आफ्नी गर्भवती श्रीमतीलाई खुसी राख्नका लागि हर सम्भव कोसिस गर्दछन् तर पनि उनीबाट केही न केही कमी हुने गर्दछ ।

यदि तपाईं पनि यो समस्याबाट गुज्रिरहनु भएको छ र तपाईं आफ्नी श्रीमतीलाई ती ९ महिनामा पूर्ण रुपमा सुरक्षित र उत्कृष्ट महसुस गराउन चाहनुहुन्छ भने तपाईंले यी तरिका अपनाउन सक्नुहुन्छ ।

उनलाई आफ्नो मनको कुरा भन्न दिनुहोस्ः

उनलाई यो कुराको महसुस गराउनुस् कि तपाईं उनको हरेक कुरा र यी महिनामा हुने हरेक अनुभवबारे जान्न चाहनुहुन्छ । श्रीमतीलाई गर्भावस्थाको क्रममा आउने भावना र परिवर्तन भइरहने मुडबारे सोध्नुहोस् । यसो गर्दा तपाईंले उनलाई राम्रोसँग बुझ्न सक्नुहुन्छ ।

गर्भावस्थाका किताब पढ्नुहोस्ः

गर्भावस्थाका बेला महिलाको व्यवहारमा मात्र होइन उनीहरुको शरिरमा पनि थुप्रै परिवर्तन हुने गर्दछन् । उनको यो स्थितीलाई बुझ्नका लागि तपाईं गर्भावस्थासँग सम्बन्धित किताब पढ्नुहोस् । यस्ता किताबमा तपाईंले गर्भधारणदेखि प्रसवसम्म महिलाको व्यवहार र शरिरमा आउने परिवर्तनबारे थाहा हुनेछ । यस प्रकार तपाईं उनको समस्यालाई अझ राम्रो तरिकाले बुझ्नुहुनेछ ।

आफूलाई तयार राख्नुहोस्ः

गर्भावस्थाका बेला महिलालाई विभिन्न खानेकुरा खान मनलाग्छ । त्यसकारण तपाईं ९ महिनासम्म सधैं तयार रहनुपर्छ । यदि तपाईंलाई महिलाले ९ महिनासम्म एउटै खानेकुरा खान रुचाउँछन् जस्तो लाग्छ भने यो तपाईंलाई गल्ती हो । महिलालाई पहिला हेर्नै मन नलाग्ने खानेकुरा पनि खान मनलाग्न सक्छ । उनलाई केही प्रश्न नसोधी उनलाई आवश्यक पर्ने र मनपर्ने खानेकुरा उपलब्ध गराउनुहोस् ।

डाक्टरलाई भेट्न सँगै जानुहोस्ः

गर्भावस्थाको पूरा ९ महिनासम्म तपाईं उनीसँगै हुनुपर्छ । एकछिनको लागि पनि उनी एक्लै भएको महसुस हुन नदिनुहोस् । जतिबेला डाक्टरलाई भेट्नुपर्ने हुन्छ, उनीसँग जानुहोस् । यसो गर्दा तपाईंलाई आफ्नी श्रीमतीको गर्भावस्था र आफ्नो सन्तानबारे धेरै कुरा थाहा पाउने मौका पाउनुहुनेछ ।

बाहिर घुम्न जानुहोस्ः

घरमा बस्दा बस्दा वा दैनिकको एउटै रुटिनले उनलाई पट्यार लागेको हुनसक्छ । यस्तोमा उनलाई खुुसी पार्नमा लागि उनलाई कुनै रोमान्टिक डेटमा बाहिर लैजानुहोस् । कम्तीमा पनि हप्तामा एक पटक बाहिर घुम्न जानुहोस् । यसो गर्दा उनको मूड राम्रो हुन्छ ।

मसाज र फूट मसाजः

गर्भावस्थामा महिलाको शरिरको थुप्रै भागमा पीडा र ऐठन हुने गर्दछ । यस्तो समस्यामा तपाईंको साथ र प्रेमले उनलाई राहत दिनसक्छ । फूट मसाजले गर्भावस्थामा निकै राहत महसुस हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप