मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जान्नुहोस्, यी चिज फ्रिजमा राख्दा झन् खराब

शनिबार, ३१ असार २०७४, १० : ५३
शनिबार, ३१ असार २०७४

गर्मीमा तरकारी, फलफूल र पकाएका खाना छिटो–छिटो बिग्रिने गर्छ । त्यसैले सकेसम्म नबिग्रियोस् भनेर यस्ता खाना तथा फलफूलहरु फ्रिजमा राख्ने गरिन्छ । तर, केही यस्ता चिज छन्, जुन फ्रिजमा राख्दा झन् खराब हुन्छ ।

आलु
फ्रिजको चिसोमा आलु कहिल्यै राख्नु हुँदैन । चिसोमा राख्दा आलुमा भएको पोषण तत्व स्टार्च ग्लुकोजमा परिवर्तन हुन्छ । जसले गर्दा आलुको प्राकृतिक स्वाद हराएर गुलियोपन बढ्न जान्छ । स्वाद र स्वास्थ्य दुवैका लागि यो ठीक हुँदैन । आलु बोरामा ओछ्याएर सुक्खा ठाउँमा राख्नु नै राम्रो हुन्छ ।

लसुन
लसुन पनि फ्रिजमा राख्नु हुँदैन । धेरै चिसोमा राखेको लसुनको पोषण तत्व नष्ट हुन्छ । लसुन पनि आलुजस्तै सुक्खा स्थानमै राख्नु राम्रो हुन्छ ।

तुलसी पत्ता
तुलसी पत्ताको हरियोपना कायम गर्न फ्रिजमा राख्ने चलन छ । तर, फ्रिजको चिसोमा तुलसी पत्तामा पाइने औषधिको मात्रा रहिरहन सक्दैन । यसलाई पानीमा डुबाएर बाहिरी वातावरणमै राख्दा 
राम्रो हुन्छ ।

गोलभेँडा 
धेरैको भान्सामा देखिन्छ, गोलभेँडाको फ्रिजमै राखिएको हुन्छ । तर, यो गलत तरिका हो । फ्रिजमा राखेको गोलभेँडाको प्राकृतिक स्वाद खराब बन्न जान्छ । फ्रिजको चिसोपनाले यसका भित्री झिल्लीलाई मारिदिन्छ र चाँडै गिलो बनाइदिन्छ ।

अचार
अचारमा अमिलोपन बढी हुन्छ । फ्रिजमा राख्नुभन्दा भान्साकोठामै राख्नु राम्रो हुन्छ । अचारलाई फ्रिजमा राख्दा अन्य सामान पनि बिग्रिन सक्छ ।

प्याज
प्याजमा केही चिसोपन हुन्छ । त्यसैले फ्रिजमा राख्दा ढुसी पर्ने खतरा रहन्छ । प्याज सुक्खा तथा अँध्यारो स्थानमा राख्नु राम्रो हुन्छ ।

ब्रेड
ब्रेड खराब होला भनेर धेरैले फ्रिजमा राख्ने गरेको पाइन्छ । तर, यो पनि गलत तरिका हो । फ्रिजमा राखेको ब्रेडको सुक्खापन हटेर चाँडै ढुसी लाग्ने सम्भावना हुन्छ ।

सलाद
सलादमा तताएको तेल मिसाएर राखिएको छ भने फ्रिजमा भुलेर पनि नराख्नुहोला । तातो र चिसो मिल्दा सलाद बिग्रिने सम्भावना हुन्छ ।

  
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप