नायिकामाथि दुष्कर्मः पुलिस पुगेपछि मिथुनको छोराको विवाह रोकियोः दुलहीको परिवार होटल छोडेर गए
नायिकामाथि दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोपमा फसेका महाअक्षयको विवाहमा पुलिसको समूह पुगेपछि विवाह रोकिएको छ ।
भारतीय समाचार एजेन्सीका अनुसार शनिबार मिथुन चक्रवर्तीका छोरा महाअक्षय र साउथकी नायिका मदालसा शर्माको विवाह ऊटीस्थित एक होटलमा हुने कार्यक्रम थियो । एक पुलिस अधिकारीले महाअक्षय र उनकी आमा योगिता बालीसँग आरोपको विषयमा सोधपुछ गरेको जानकारी दिए । त्यसपछि दुलहीको परिवार होटल छोडेर गएको बताइएको छ ।
स्रोतका अनुसार नायिकाको निवेदनमा दिल्लीको रोहिणी अदालतले सोमबार महाअक्षयमाथि दुष्कर्म, जबर्जस्ती गर्भपतन र धोकाको मुद्दामा एफआरआई दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि दिल्ली पुलिसले अनुसन्धान सुरु गरेको हो । यद्यपी, शनिबार दिल्लीको अदालतबाट दुबै आरोपीलाई अग्रिम जमानत दिइएको थियो । यसअघि आरोपीले पक्राउमाथि रोकका लागि बम्बे हाइकोर्टमा निवेदन दिएका थिए तर अदालतले अस्विकार गरेको थियो ।
यो पनि पढ्नुहोस्ः
मिथुन चक्रवर्तीका छोरामाथि नायिकासँग दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण