शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नायिकामाथि दुष्कर्मः पुलिस पुगेपछि मिथुनको छोराको विवाह रोकियोः दुलहीको परिवार होटल छोडेर गए

आइतबार, २४ असार २०७५, ०९ : ५२
आइतबार, २४ असार २०७५

नायिकामाथि दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोपमा फसेका महाअक्षयको विवाहमा पुलिसको समूह पुगेपछि विवाह रोकिएको छ ।

भारतीय समाचार एजेन्सीका अनुसार शनिबार मिथुन चक्रवर्तीका छोरा महाअक्षय र साउथकी नायिका मदालसा शर्माको विवाह ऊटीस्थित एक होटलमा हुने कार्यक्रम थियो । एक पुलिस अधिकारीले महाअक्षय र उनकी आमा योगिता बालीसँग आरोपको विषयमा सोधपुछ गरेको जानकारी दिए । त्यसपछि दुलहीको परिवार होटल छोडेर गएको बताइएको छ ।

स्रोतका अनुसार नायिकाको निवेदनमा दिल्लीको रोहिणी अदालतले सोमबार महाअक्षयमाथि दुष्कर्म, जबर्जस्ती गर्भपतन र धोकाको मुद्दामा एफआरआई दर्ता गर्न आदेश दिएको थियो । त्यसपछि दिल्ली पुलिसले अनुसन्धान सुरु गरेको हो ।  यद्यपी, शनिबार दिल्लीको अदालतबाट दुबै आरोपीलाई अग्रिम जमानत दिइएको थियो । यसअघि आरोपीले पक्राउमाथि रोकका लागि बम्बे हाइकोर्टमा निवेदन दिएका थिए तर अदालतले अस्विकार गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

मिथुन चक्रवर्तीका छोरामाथि नायिकासँग दुष्कर्म र बिना सहमती गर्भपतन गराएको आरोप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप