बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घुर्ने समस्याको समाधान

शनिबार, ३१ असार २०७४, १० : ५१
शनिबार, ३१ असार २०७४


डा.लक्ष्मी आवा छातीरोग विशेषज्ञ सुमेरु सिटी अस्पताल
सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।

शरीर मोटो भएका व्यक्तिले आफ्नो वजन कम गराउनैपर्छ ।

घुर्ने मानिस उत्तानो सुत्नुहुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ ।

यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ ।

मुख्यतः राति खाना खाँदा धेरै मसला हालेर, चिल्लो, पिरो, धूम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ ।

अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो ।

 
 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप