बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जान्नुहोस गर्मीमा कस्तो खानपिन राम्रो

शनिबार, ३१ असार २०७४, १० : ४५
शनिबार, ३१ असार २०७४

डा केदार सेन्चुरी जनरल फिजिसियन

गर्मी मौसममा शरीरबाट पसिना धेरै निस्किन्छ । पसिना निस्किएसँगै पानीको मात्रा कम हुन्छ । शरीरमा जलवियोजनको खतरा हुन सक्छ । त्यसैले गर्मीमा खानपिनमा निकै विचार पुर्‍याउनुपर्छ । पानीको मात्रा अत्यधिक भएका चिज खानुपर्छ । के खाने गर्मीमा रु जनरल फिजिसियन डा। केदार सेन्चुरीले टिप्स दिएका छन् स्

साग र सलाद
साग र सलादमा पानीको मात्रा ९५ प्रतिशतसम्म हुन्छ । यी खानामा बोसोको मात्रा पनि हुँदैन । प्रोटिन धेरै पाइन्छ । गर्मीमा साग र सलादमा बढी नै जोड गर्दा राम्रो हुन्छ ।

स्याउ
धेरैलाई थाहा नहुन सक्छ, स्याउमा ८६ प्रतिशत पानीको मात्रा हुन्छ । स्याउमा फाइबर पनि प्रशस्त पाइन्छ । भिटामिन ‘सी’को स्रोत पनि हो स्याउ । गर्मीमा स्याउले निकै फाइदा गर्छ ।

दही 
शरीरमा पानीको अभावले हुने ‘डिहाइड्रेसन’बाट बच्न सबैभन्दा राम्रो खाना हो दही । दहीमा पानी ८५ प्रतिशत हुन्छ । प्रोटिन, भिटामिन बी र क्याल्सियम पनि 
भरपुर मिल्छ ।

भात
भातमा ७० प्रतिशत पानी हुन्छ । गर्मीमा शरीरलाई आवश्यक पानीको मात्रा भातले पूर्ति गर्न सक्छ । चामलमा आइरन र कार्बोहाइड्रेड प्रशस्त पाइने भएकाले शरीरलाई तागत पनि दिन्छ ।

ब्रोकाउली
पानीको मात्रा बढी हुने तरकारीमा ब्रोकाउली पनि पर्छ । गर्मीमा हुने विभिन्न प्रकारका एलर्जीबाट बचाउने तत्व पनि ब्रोकाउलीमा पाइन्छ ।

 
 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप