बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रिजको पानी पिउँदा के हुन्छ ?

शनिबार, ३१ असार २०७४, १० : ४२
शनिबार, ३१ असार २०७४

गर्मी मौसम सुरु भयो । गर्मीले औडाहा हुँदा अधिकांश व्यक्ति फ्रिजको चिसो पानी पिएर तत्काल आनन्द लिन चाहन्छन् । तर, पिएको केही बेरका लागि गर्मीबाट राहत दिने फ्रिजको चिसो पानी नियमित पिउँदा दूरगामी असर पर्छ । बरफ या अत्यधिक चिसो पानी पिउँदा हुने चार हानि  यस्ता छन् स्

पाचनमा बाधा
फ्रिजमा राखिएको अत्यधिक चिसो पानी पिउँदा पाचन प्रक्रियामै बाधा उत्पन्न हुन्छ । चिसो पानीले रक्तबाहिनी नली खुम्चिन पुग्छ । यसले पाचन पक्रिया गति सुस्त बनाउँछ । खाएको कुरा ठीक तरिकाले पाचन भएन भने खानामा भएका पोषक तत्व शरीरले पाउँदैन ।

पोषक तत्व नष्ट
मानव शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । जब कुनै चिसो चिज पिइन्छ तब त्यसलाई सामान्य तापक्रममा बदल्न शरीरको ऊर्जा खर्च हुन्छ । खाएको पदार्थ पचाउन र पोषक तत्व शोषणका लागि प्रयोग हुनुपर्ने ऊर्जा अन्यत्र खर्च हुँदा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

घाँटी खराब
चिसो पानी पिउँदा श्वासनलीमा कफ बन्न जान्छ । श्वासनलीको सुरक्षार्थ हुने पत्रमा कफ जम्मा हुँदै जाँदा विभिन्न संक्रमण हुन पुग्छ । यसले घाँटी खराब हुने खतरा बढाउँछ ।

मुटुको गति कम
बरफ या चिसो पानी पिउँदा मुटुको गति कम हुने खतरा पनि रहन्छ । चिसो पानीले ‘भेगस नर्भ’ उत्तेजित पार्छ । भेगस नर्भको काम शरीरको पराधीन कामलाई नियन्त्रित गर्नु हो । यसले मुटुको गति कम गर्न मध्यस्थता गर्छ । चिसो पानीले भेगस नर्भ उत्तेजित पारेपछि मुटुको गति कम हुन थाल्छ ।

 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप