बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सजिलै गर्न सकिन्छ डिप्रेसनको उपचार

शनिबार, ३१ असार २०७४, १० : ३५
शनिबार, ३१ असार २०७४


डा प्रदीप पाण्डे न्युरोलोजिस्ट 
आजकल धेरैले डिप्रेसनलाई ठूलो रोगको रूपमा लिने गरेको पाइन्छ । घरपरिवार, समाज आफन्तको डरले गर्दा पनि धेरै मानिस यसबारे खुलेर कुरा गर्न सकिरहेका हुँदैनन् । डिप्रेसन समयमा नै पहिचान गर्न सके सजिलै उपचार पनि गर्न सकिन्छ । तर, सही समयमा उपचार भएन भने कहिलेकाहीँ यसले ठूलो समस्या निम्त्याउन सक्छ । डिप्रेसन विभिन्न कारणले हुन सक्छ । कहिले हाम्रो आफ्नै कारणले हुन्छ भने कहिले बाहिरी कारणले पनि भइरहेको हुन्छ । मानिसलाई हुने डिप्रेसनका कारण र त्यसको उपचार गर्ने तरिकाबारे न्युरोलोजिस्ट डा। दीपेन्द्र पाण्डे यसो भन्छन् स्

डिप्रेसन एक मानसिक समस्या हो, जसमा व्यक्ति निराश हुने, थकानको महसुस हुने, आत्मविश्वासमा कमी हुने, नरमाइलो लाग्ने, दिक्क लाग्नेलगायका लक्षण देखिन सक्छ ।

निद्रामा गडबडी, खानाको गडबडी, अरूसँग बोल्न मन नलाग्ने, अल्छी लाग्ने, इच्छाशक्तिमा कमी, आफूलाई दोष दिने बानी, आत्महत्याको सोच आउनेजस्ता लक्षण पनि डिप्रेसन हुन सक्छ । यस्ता समस्या देखिएमा कहिलेकाहीँ काउन्सिलिङबाट मात्र पनि यसको उपचार सम्भव हुन्छ ।

थाइराइडसम्बन्धी समस्या हुने व्यक्तिलाई मानसिक समस्या हुन सक्छ । त्यस्तै, टाउकोमा चोट लागेको, छारेरोगको समस्या भएका, सिएनएस इन्फेक्सन भएका र मुटुको औषधि खाने व्यक्तिहरूमा पनि विनास्ट्रेस डिप्रेसन हुन सक्छ ।

डिप्रेसनको सुरुवाती अवस्थामा नै काउन्सिलिङबाट मात्र पनि उपचार गर्न सकिन्छ । तर, समस्या अलि गम्भीर हुँदै गएमा औषधि नै सेवन गर्नुपर्ने हुन सक्छ ।

सामान्यतया ६ देखि ९ महिना र कसैकसैले एक वर्षसम्म डिप्रेसनको औषधि खानुपर्ने हुन्छ । यस्ता औषधिको अलिअलि साइड इफेक्ट पनि हुन्छ । तर, यसबाट डराउनुपर्ने अवस्था भने हुँदैन ।

विशेषज्ञ चिकित्सक, साइक्र्याटिक र साइकोलोजिस्टको सहयोगले डिप्रेसनबाट हुने समस्याबाट मुक्त हुन सकिन्छ । एटिपिकल डिप्रेसन हुनेहरूलाई बढी निद्रा लाग्ने, बढी भोक लाग्ने, बढी शारीरिक सम्बन्ध राख्न मन लाग्ने, बिहानमा भन्दा साँझमा मन निराश हुने समस्या हुन्छ ।

 
नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप