शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेट सक्न यसरी हुन्छ हतारमा काम, सिंहदरबारकै यो २३ तस्बिर हेर्नुहोस्

शनिबार, २३ असार २०७५, १२ : ३४
शनिबार, २३ असार २०७५

काठमाडौं– बजेट सक्न  आर्थिक वर्षको मसान्तमा ‘लतरपतर’ काम गर्ने प्रचलन नौलो होइन । वर्षभरी  फुर्सदमा बस्ने र आर्थिक वर्ष सकिन लाग्दा हतारमा सडक कालोपत्रे, मर्मतदेखि अनेकन विकास निर्माणका काम गर्ने गलत प्रबृत्ति जताततै रहेको छ । 
यस्तै प्रवृत्ति देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पनि देखिएको छ ।  विकासको नाममा आजभोलि सिंहदरबारभित्रै पैसा खन्याउने काम भइरहेको छ । 
अहिले  सिंहदरबारको फुटपाथ भत्काएर हतारहतार नयाँ राखिँदै छ।  आखिर किन यसरी वर्षाको समयमा हतारमा सिंहदरबार मर्मतसम्भारको  काम भइरहेको छ ? के  सुशासन र समृद्धिको नारा लगाएर कहिल्यै नथाक्ने सरकारले यस्तो प्रवृत्ति रोक्न सक्दैन ? सिंहदरबारभित्रै यसरी बजेट सक्न हतारमा काम भइरहँदा दूरदराजका गाउँबस्तीमा कसरी काम भइरहेको होला ?  सरकारले  यसतर्फ ध्यान दिन जरुरी रहेको सर्वसाधरणको जोड छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप