केन्द्रीय संस्करण

‘आमासँग होटलको ट्वाइलेट सफा गर्दा, आमाको लागि नयाँ घर किन्दा’

person access_timeअसार २३, २०७५ chat_bubble_outline0

राहिम स्टर्लिङ

मेरी छोरी हल्का चकचके छे । जिद्दी छे । मेरी आमाले चेतावनी दिएकी थिइन् कि ऊ यस्तो हुनसक्छे । 

६ वर्षको भएपछि उनको यस्तो व्यवहार सुरु भयो । उनको बाबुले भर्खरै म्यानचेस्टर सिटीबाट लिग जितेको थियो, लिगमा १ सय अंक प्राप्त गरेर । तर उसलाई यसको मतलब थियो र ? ऊ त लिभरपुलको समर्थक हो । 

ऊ राजमार्गमा कुद्न चाहन्छे र भगवान कसम आफ्नो बाबुजस्तै कुद्छे । सास रोकिएलाजस्तो हुन्छ । हात कामीसकेको हुन्छ । तर, ऊ दौडिरहन्छे । रहिम स्ट्रलिङ जसरी नै कुद्छे र तपाईंलाई थाहा छ उसले आफूलाई के भन्छे ?

मोहमद शाला, मो शाला मो शाला 

रनिङ डाउन द विङ्ग

साला ला ला ला ला ला ..

इजिप्टियन किङ

के तपाई विश्वास गर्न सक्नुहुन्छ ?

उनी त्यस्तै छिन् जस्तो म बच्चा छँदा थिए । उनलाई केही कुरा राम्रोसँग थाहा छैन भने त्यसको बारेमा उनले एक शब्द पनि बोल्ने छैन । पहिले उनले तपाईंलाई विश्वास गर्न चाहन्छिन् । यो हाम्रो परिवारको जरामै छ । 

त्यसैले के म तपाईंलाई विश्वास गर्न सक्छु ? के तपाईंलाई मेरो कथा भन्न सक्छु ? के तपाई त्यसलाई साँच्चै सुन्नुहुन्छ ? यदी तपाई केही पत्रपत्रिका पढ्नुहुन्छ भने तपाईंलाई लाग्छ मलाई पहिल्यै चिन्नुहुन्छ । लाग्नसक्छ, तपाईंलाई मेरो कथा थाहा छ । तर, के साँच्चै तपाईंलाई थाहा छ ?

जब म दुई वर्षको थिएँ मेरा बाबुको हत्या भयो । यसले मेरो पूरै जीवन बदलिदियो । छोटो समयमै मेरी आमाले म र मेरी दिदीलाई जमैकामै छाडेर इङ्ग्ल्यान्ड जाने निर्णय गरिन् । उनी आफ्नो डिग्री पूरा गर्न चाहन्थिन् । 

केही वर्ष हामी आफ्नी हजुरआमासँग किङस्टनमा बस्यौं । अरु बच्चाहरु आफ्नी आमासँग बसेको देख्दा मैले इश्र्या गरेको अझै याद छ । किन मेरी आमाले यस्तो गरिन् ? यो मैले बुझ्न सकिँन । मलाई यति थाहा थियो कि उनी छाडेर गइन् । मेरी हजुरआमाले हामीलाई धेरै माया गर्थिन् । तर, सबैलाई त्यो उमेरमा आमा नै चाहिन्छ । 

धन्य भगवान्, मसँग फुटबल थियो । मलाई याद छ, जब पानी पथ्र्यो, सबै बच्चाहरु बाहिर निस्कन्थें र फुटबल खेल्थे । पानीमा भिज्थें, रमाईलो गर्थे । 

जब म जमैका सम्झन्छु । तब दिमागमा त्यही तस्विर आउँछ । जब पानी पथ्र्यो, कोही घरभित्र लुक्दैनथिए । बाहिर निस्किएर सबैले मज्जा लिन्थें । मैले याद गरेको अर्को कुरा भने हजुरआमासँग पैसा मागेर ग्रेपनट आईसक्रिम किन्दाको सम्झना हो । 

तपाई थाहा पनि हुँदैन साँच्चै तपाईले के मिस गरिरहनु भएको छ । मैले इङल्यान्डमा ग्रेपनट कहिल्यै देखेको छैन । तर यो सबैभन्दा महान् वस्तु हो । 

यो बच्चा आफ्नो घरबाट सानो पसल जानका लागि कद्ने गथ्र्यो । दिनभर सडकमा फुटबल खेलेपछि ढोका ढक्ढक्याउथ्यों र सानो झ्यालबाट आवाज आउँथ्यों, ‘ओई, तिमीलाई के चाहियो ?’

यो जमैका हो साथी । एउटा सानो पसलमा तपाईले चामलदेखि आईसक्रिमसम्म अर्थात चाहिने सबै कुरा पाउनुहुन्छ । 

मैले त्यो समयमा अनुभव गरिँन । तर, मेरी आमा आफ्नो तरिकाले बाँधिएकी थिइन् । हाम्रा लागि राम्रो जीवन तय गर्न चाहन्थिन् । म ५ वर्षको छँदा हामी उनीसँगै बस्नका लागि लण्डन गयौँ । तर यो निकै कठिन समय थियो । हाम्रो संस्कार फरक थियो । हामीसँग धेरै पैसा थिएन । 

तर, मेरी आमाले सधैँ हामीलाई आवश्यक कुरा पुगेको छ भन्थिन् । अतिरिक्त आम्दानीका लागि आमाले केही होटल सफा गर्ने काम गर्थिन् । यही पैसा आफ्नो डिग्री पढ्नका लागि खर्च गर्न सकियोस् भन्ने उनको चाहना थियो । म बिहान ५ बजे उठेको र त्यसपछि उनलाई ट्वाइलेट सफा गर्नका लागि सहयोग गर्न स्टोनब्रिजस्थित होटल पुगेको कहिल्यै बिर्सन्न । मेरो दिदीसँग झगडा पथ्र्यो, ‘होइन, आज तिमी ट्वाइलेट सफा गर्न जाउ । म सुत्छु ।’

एउटा राम्रो पक्ष के थियो भने होटल सफा गर्ने क्रममा आमाले यस्ता धेरै कुरा थिए जुन मलाई मनपर्थ्यो । म उठाएर लैजान चाहन्थे । तर, आमाले कहिल्यै त्यसो गर्न दिनुभएन । 

मेरो परिवार नियमको मामिलामा कडा थियो । म घरमा बस्दा वाक्क हुन्थें र आमालाई बाहिर जान अनुरोध गथ्र्यें । अनि उनी भन्थिन्, ‘बाहिर जान सक्छौँ । तर घर छाड्ने होइन ।’ 

यो उनको उपाय थियो । प्रायः आमाहरुले यसरी नै जिस्क्याउँछन् । 

बाल्यकाल सम्झँदा केही नराम्रो अनुभवहरु पनि संगालेको छु । किनभने प्राथमिक विद्यालय जाँदा म धेरै चकचके थिएँ । तर, त्यति धेरै खराब पनि होइन । 

म चुप लागेर बस्न र शिक्षकले बोलेको सुन्न चाहन्न थिएँ । बरु घडी हेरेर ब्रेक टाइम हुने सपना देख्थेँ । त्यसपछि खाना खान्थें । बाहिर निस्किएर आफुलाई रोनाल्डिन्हो सोच्दै माटोमा खेल्थें । मलाई मात्र यही कुराको वास्ता थियो ।

म यतिसम्म चकचके थिएँ । आखिर, प्राथमिक विद्यालयबाट निकालिनुप¥यो । तर यो पुरा साँचो होइन । प्राविधिक रुपमा उनीहरुले मलाई निकालेका थिएनन् । मलाई फरक वातावरण आवश्यक थियो । उनीहरुले सानो कक्षाकोठा ६ जना बालबालिका र तीन शिक्षकलाई कोच्थे । त्यो ठीक थिएन । मलाई लुक्ने ठाउँ नै थिएन । 

अझ खराब कुरा छ । स्कूल बसले सधैं हामीलाई उठाउथ्यों र ओर्लान्ने गथ्र्यो । 

म कहिल्यै बिर्सन्न त्यो दिन जब म बसमा थिएँ । झ्यालबाट बाहिर हेर्दै । मैले अरु केटाकेटी स्कूलतर्फ हाँस्दै गइरहेको देखेँ । म पनि त्यस्तै चाहन्थें । त्यसरी नै स्वतन्त्र हुन चाहन्थें । 

अरु कसैलाई होइन मेरी आमालाई मात्रै सुन्न चाहन्थे । यो मेरो समस्या थियो । र म एक वर्षपछि ठूलो स्कुलमा गएँ । तर यो मेरे लागि गाह्रो थिएन । जब मैले क्लिभ इलिङटन नाम गरेको व्यक्तिसँग भेटें । त्यसपछि मेरो जीवन परिवर्तन भयो । 

उनले छिमेकका त्यस्ता बालबच्चाको निगरानी गर्ने गरेका थिए । जसका बाबु थिएनन् । हरेक साता उनी हामीलाई लण्डन आसपास घुमाउन लैजाने गरेका थिए,  जीवनको फरक पाटो देखाउन । कहिलेकाँही हामी स्नुकर खेल्ने गथ्र्यौं ।

एकदिन उनले मलाई सोधे, ‘रहिम तिमीलाई के गर्न मन लाग्छ ?’ 

यो सहज प्रश्न थियो । म त्यस समय साथीभाईहसँग मिलेर सडकमा खुबै फुटबल खेल्थेँ । मैले भनेँ, ‘मलाई फुटबल खेल्न मनपर्छ ।’

त्यसपछि उनले भने, ‘ठीक छ त्यसो भए मैले आइतबार लिग खेल्ने सानो टिम चिनेको छु । किन तिमी आएर हामीसँग खेल्दैनौं ?’

र, यस्तै भयो । यही क्षणले जीवन परिवर्तन गरिदियो । यस दिनदेखि फुटबल, फुटबल र फुटबल मात्रै रह्यो । जब म ११ वर्षका भए । मलाई लण्डनका केही ठूला क्लबले पछ्याउन थालिसकेका थिए । फुलह्याम, आर्सनल लगायतका क्लबले आबद्ध गर्न चाहेका थिए । 

जब आर्सनल जस्तो क्लबले तपाईंलाई अनुबन्ध गर्न चाहन्छ, तब तपाईले पनि त्यहाँ जानेबारे सोच्नुहुन्छ । किनभने आर्सनल लण्डनको सबैभन्दा ठूलो क्लब थियो । त्यसैले यो कुरा साथीभाईलाई सुनाउन मलाई हतारो हुन्छ । 

तर मेरी आमा फरक छिन् । उनले मलाई भनिन्, ‘म तिमीलाई माया गर्छु । तर मलाई लाग्दैन तिमी आर्सनल जानुपर्छ ।’

मैले भने, ‘ किन ?’

त्यहाँ अरु ५० जना खेलाडी पनि हुनेछन् । उनीहरु सबै तिमी जत्तिकै उत्कृष्ट हुन्छन् । तिमी त्यसमध्येको एकमात्रै हुनेछौँ । तिमी त्यस्तो ठाउँमा जानुपर्छ जहाँ चम्कन सक्छौ,’ उनले भनिन् । 

उनले मलाई क्विपिआर जान सहमत गराइन् र मलाई लाग्छ, यो मेरो जीवनकै सबैभन्दा उत्तम निर्णय थियो । तर मेरो परिवार समस्यामा थियो । मलाई आमाले लिन आउन भ्याउँदिन थिइन् किनकी उनी काममा व्यस्त थिइन् । त्यसैले मेरो दिदीले मलाई हेथ्रुमा लिन आउँथिन् । 

मैले ३ वटा बस परिवर्तन गर्नुपर्थ्यो । ३ बजेर १५ मिनेटमा घर छाडेपछि राती ११ बजेमात्रै फर्कन्थेँ । प्रत्येक दिन साँच्चै कठिन थियो र पनि दिदीले ल्याउने, पु¥याउने सबै गर्थिन् । कल्पना गर्नुस्, तपाई १७ वर्षको हुनुहुन्छ र आफ्नो सानो भाइका लागि यति गर्दै हुनुहुन्छ । त्यो पनि हरेक दिन । म अभ्यासमा छँदा उनी एउटा क्याफेमा मलाई कुरेर बसेकी हुन्थिन् । 

मलाई त्यतिबेला थाहा थिएन उनले मेरा लागि कति त्याग गरिरहेकी छिन् । मेरो पुरा परिवारले जीवनमा ठूलो भूमिका खेलेको । उनीहरु बिना म अधुरो छु । म के हुँ भन्ने नै थाहा हुँदैन । 

र, तपाईलाई थाहा छ सबैभन्दा रमाइलो के थियो ?

म मेरो सपनाको छायाँमुनी हुर्किए । मैले मेरो घर नजिकको बगैँचामा बेम्बली रंगशाला देख्थेँ । एकदिन म साँच्चैको बेम्बली अगाडी पुगेँ । म यहाँ खेल्न र गोल गर्न चाहन्थें । मैदानका हरेक कुनामा खुसीयाली मनाउन चाहन्थें । 

मलाई लाग्थ्यो, ‘म त्यहाँ खेल्न सक्छु । म यस्तो गर्नसक्छु ।’

धेरैले ममाथि विश्वास गरेका थिएनन् । एकदिन मलाई १४ वर्षको छदाँ शिक्षकले भनेका थिए । ‘रहिम, के हुँदैछ तिमीलाई ? के तिमीलाई लाग्छ कि फुटबल नै तिम्रो जीवनको अन्तिम लक्ष्य हो ? थाहा छ तिमीलाई दशौँ लाख बच्चा फुटबलर बन्न चाहन्छन् ?’

र, मैले सोचे – ठीक छ । यस्तो मैले पहिले पनि सुनेको थिएँ । 

दुई महिनापछि म इङ्ग्ल्यान्डको यु–१६ टोलीका लागि छनोट भएँ । मैले उत्तरी आयरल्यान्ड विरुद्ध दुई गोलका लागि एसिस्ट गरेँ । यो सबै टेलिभिजनबाट प्रत्यक्ष आइरहेको थियो । मेरा लागि त्यो ठूलो दिन थियो । 

म सोमबारदेखि फेरि स्कुल फर्किए । अब भने शिक्षक निकै खुसी थिए । मलाई रमाइलो लागिरहेको थियो । 

म १५ वर्षको भएपछि लिभरपुलले मलाई भित्र्याउन चाह्यो । तर त्यो घरबाट तीनघण्टा टाढा थियो । मलाई अझै याद छ मैले आमालाई त्यहाँ जान मन छ भनेर जिद्दी गरेको । 

मलाई मेरो छिमेकका सबै साथी मनपर्छ । उनीहरु अझै पनि मेरा मिल्ने साथी हुन् । तर, त्यो समय अपराध र चोरी भइरहेको थियो । मैले सोचे यस्तो परिस्थितीबाट निस्किएर फुटबलमै मात्र फोकस हुनका लागि लिभरपुल एउटा ठूलो मौका हो । 

त्यसपछि मेरी आमा र दिदी तयार भए । दुई वर्ष साह्रै गाह्रो थियो । मेरा साथीहरुलाई सोध्न सक्नुहुन्छ – छुट्टी मिल्नासाथ म ट्रेन चढेर लण्डन आउँथे । आमा, दिदी र साथीहरु भेट्थ्यें । 

क्लबमा पनि पारिवारिक माहोल नभएको होइन । 

रुख, फूल र बगैंचा साँच्चै वातावरण रमाइलो थियो । 

सधैझैँ आमाले यस दिन पनि सम्झाइन् । ‘रहिम के तिमीले प्रार्थना ग¥यौँ ?’

मैले भने, ‘गरिसकेँ ।’

यो मेरो जीवनको महत्वपूर्ण दिन थियो । मैले लिभपुलसँग सम्झौता गर्दै थिएँ । त्यसपछि मेरी आमा र दिदीले तनाब लिनुपर्ने थिएन । 

मेरी आमाका लागि घर किनिदिएको दिन, मेरो जीवनकै सबैभन्दा सुखद दिन हो । मलाई याद छ जब म बच्चा थिए । त्यतिबेला कोठाभाडा तिर्न नक्दा समस्या पर्ने गरेको थियो । आमाले धेरै संघर्षका साथ हुर्काएकी थिइन् ।

आजको दिनमा आइपुग्दा मेरी आमा र दिदीलाई तनाव छैन र म खुसी छु । मेरी छोरी खुसी छे । 

मलाई १५ वर्षअघिसम्म स्टोनब्रिजमा ट्वाइलेट सफा गरेर होटलमै खाना खाएको अझै याद छ । 

यदी संसारमा यी सबै खुसीको हकदार कोही छन् भने ती मेरी आमा नै हुन् । उनी यो देशमा केही नबोकी आएकी थिइन् । कहिले बाथरुम सफा गर्ने तथा कहिले होटलका बेडसिट मिलाउने काम गरिन् । आज

उनी एक नर्सिङ होमकी निर्देशक छिन् । उनको छोराले इङ्ग्ल्यान्डबाट खेल्छ । 

तपाईंलाई थाहा छ मेरा लागि के अनौठोे थियो ? मैले इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीबाट १७ वर्षकै उमेरमा खेल्न पाएँ । युक्रेन विरुद्ध बेम्बलीमा विश्वकप छनौट खेले । मैदानमा पुग्नअघि बसको सिटमा बसेर

झ्यालबाट सडक चियाउँदै मैले आफैसँग सोचेको थिएँ , 

‘यो त्यही घर हो जहाँ मेरा साथी बस्छन् 

यो त्यही पार्किङ हो जहाँ हामी खेल्थ्यौं 

यो त्यही कुना हो जहाँ बसेर हामी कुरा गथ्र्यौ 

यही नै हरियाली हो । जसको म कामना गर्थे । आज यो पूरा हुँदैछ ।’

यदी तपाईं मजस्तै गरी हुर्कनु भएको छ भने केही सिमित ट्यावलोइड पत्रिकाले तपाईका बारे के लेख्छन् भने कहिल्यै वास्ता नगर्नुस् । उनीहरु तपाईंको खुसी लुट्न चाहन्छन् । तपाईलाई तल देखाउन चाहन्छन् । 
अहिले म भन्छु । 

इङ्ग्ल्यान्ड त्यस्तो ठाउँ हो । जहाँ केही नभएको एउटा चकचके केटाले आफ्नो सपनाको जीवन बाँच्न सक्छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ