बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडकी श्रद्धा कपुरसँग स्क्रिन सेयर गर्न असम्भव छैन : अभिनेता विनय श्रेष्ठ

शनिबार, २३ असार २०७५, १२ : १५
शनिबार, २३ असार २०७५

अभिनेता विनय श्रेष्ठको चर्चा केही समययता दिन प्रतिदिन चुलिँदो छ । उनी अभिनित पछिल्लो चलचित्र ‘रोमियो एन्ड मुना’ले प्रचारको थालनी गरेका कारण पनि उनको चर्चा हुन थालेका हो । चलचित्रमा उनी सृष्टि श्रेष्ठको रोमियो बनेका छन् । ११ साउनबाट प्रदर्शनमा आउने यो चलचित्रमा आफूले अहिलेसम्मकै राम्रो र च्यालेन्जिङ भूमिका निर्वाह गरेको उनले दाबी गरे । करिब एक दशकअघि निर्माण भएको ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेका विनयको ‘रोमियो एन्ड मुना’ ९औं चलचित्र हो । यस अगाडि उनका भिसा गर्ल, रेसम फिलिली जस्ता चिर्चित चलचित्र सार्वजनिक भइसकेका छन् । भिजे र मोडलिङ हुँदै चलचित्र अभिनयमा पाइला टेकेका अभिनेता विनयसँग रातोपाटीको दश प्रश्न ।
   
‘रोमियो एन्ड मुना’मा कस्तो भूमिकामा देख्न पाइन्छ  ?
– चलचित्रमा आर्यन केटाको भूमिका मैले निर्वाह गरेको छु । अहिलेसम्म अभिनयमा पाएको भूमिका यो निकै च्यालेन्जिङ पनि छ । भूमिका राम्रो भएकाले मिहिनेत गरेर शतप्रतिशत राम्रो दिने कोसिस गरेको छु । आशा छ, दर्शकले पनि रुचाउनु हुनेछ ।

आफूलाई हिरो देखाउन के गर्नुहुन्छ ?
– हिरो बन्ने भन्दैमा मेकअपतिर भने मेरो रुचि छैन । राम्रो देखिन हेयर स्टाइलमा ध्यान दिने गरेको छु । हेयर स्टाइल राम्रो बनाएर हिँड्न, समय समयमा चेन्ज गर्न मनपर्छ । 

सोचेको कलाकारिताबाट पूरा भयो कि भएन ?
– म रहरले अभिनयमा भित्रिएको होइन । करियर बनाउन उद्देश्यका साथ छिरेको हो । मोडलिङबाट अभिनय सुरु गरेको थिएँ । मुम्बईबाट अभिनय कोर्स पूरा गरेर यसमा पाइला चालेको हुँ । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने म आफूलाई लक्की भन्छु । किनभने अभिनयमा मैले देखेको सपना पूरा भएको छ । अभिनयमा आफ्नो छुट्टै ब्रान्ड बनाउने इच्छा छ । त्यो पनि बिस्तरै पूरा हुन्छ । 

पूरा नभएको सपना ?
– मेरो सपना, उद्देश्य जे भने पनि अभिनय र चलचित्र निर्माण थियो । यी दुवै पूरा भएका छन् ।  

कस्तो केटी मनपर्छ ?
– यस्तो केटी मनपर्छ, यस्तो मनपर्दैन भन्ने छैन । किनभने मेरो उमेरले पनि त्यसो भन्न दिँदैन । जीवनमा सोचेजस्तो सर्वगुण सम्पन्न जीवन साथी पाएको छु । 

कस्तो स्वभावको पुरुष ?
– म एकदमै फ्रेन्डली छु । मिडियाले त मलाई घमन्डी भन्ने गरेका छन् । यो गलत कुरो हो । संसारको सबैभन्दा फ्रेन्ड्ली मानिस नै मै हुँ भन्ने लाग्छ । साथीभाइले सेन्स अफ ह्युमर राम्रो भएको पनि बताउँछन् ।
मनपर्ने सवारी साधन ?
– गाडी नै मनपर्छ ।

मनपर्ने गायक गायिका ?
–  गायक बलिउडका गौरव डगाओंकर र गायिकामा मेलिना राई मनपर्छ । 

फुर्सदको समय ?
– फुर्सदको समय आफ्नै लागि खर्चिन्छु । प्रायः एक्सरसाइजलाई नै दिने गरेको छु । घुम्न रुचाउँछु । म ट्राभल सिक नै हँु । चलचित्र रिलिजको समय घुम्ने अवसर मिल्ने भएकाले यो म एक्साइटेड हुने गरेको छु । 

 मनपर्ने अभिनेत्री  ?
– बलिउडकी श्रद्धा कपुर । किन किन उनी धेरै मनपर्छ । भविश्यमा उनलाई नेपाली चलचित्रमा ल्याएर स्क्रिन सेयर गर्ने मेरो ठूलो इच्छा छ । यो असम्भव पनि छैन । हेराैं सफल हुन्छु कि हुँदिनँ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप