बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरी मामु’को यस्तो छ फष्टलुक

शनिबार, २३ असार २०७५, १२ : ०१
शनिबार, २३ असार २०७५

काठमाडौं – १५ भाद्र देखि देशव्यापी प्रदर्शनमा आउँने चलचित्र ‘मेरी मामु’को फस्टलुक सार्वजनिक भएको छ । सन्तोष सेनको ब्यानर आसुसेन फिल्मसको चौथो प्रस्तुति मेरी मामुमा निर्माता सेनका ६ बर्षका छोरा आयुव सेनको मुख्य भुमिका रहेको छ । 
छायाँकनमा जानु अघि नै चर्चामा रहेको ‘मेरी मामु’को फस्टलुकमा मुख्य अभिनेता आयुवलाई नै देख्न सकिन्छ । फस्टलुक पोस्टरमा उनी निकै संकट र संघर्षसिल अवतारमा देखिएका छन् । 
आमा र छोराको सम्वन्धमा बनेको चलचित्रमा आयुवका अलवा अभिनेत्री अश्लेशा ठकुरी, सारुक ताम्राकार, नव–नायिका कुसुम गुरुङ र दुर्गा मल्लको समेत अभिनय रहेको छ । यम थापाको लेखन निर्देशन रहेको चलचित्र पुरुशोत्तम प्रधानले खिचेका हुन् । 
हाल ७० प्रतिशत छायाँनकन सकिएको र यो महिनाको अन्त्यसम्म सम्पुर्ण छायाँनकन सकिने निर्माता सेनले जानकारी गाराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप