शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुखले च्यापेर दुई मजदूरको मृत्यु

शनिबार, २३ असार २०७५, ११ : ०१
शनिबार, २३ असार २०७५

बाजुरा - गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए । 

मृत्यु हुनेमा सोही वडाका २२ वर्षीय भीमबहादुर बोहरा र २३ वर्षीय धर्मबहादुर बोहरा रहेको आफन्त रोकायालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

गम्भीर घाइते खण्टे बोहरालाई उपचारका लागि आफन्तले जिल्ला अस्पताल ल्याउन लागेका छन् । घटनाको थप जानकारी लिन जिप्रकाको टोली घटनास्थल पठाइसकिएको प्रनाउ बोहराले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप