शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाचन शक्ति बढाउन वज्रासन

शनिबार, ३१ असार २०७४, १० : २५
शनिबार, ३१ असार २०७४

दीपक नेपाल योग प्रशिक्षक
व्यस्त दैनिकी तथा आधुनिक जीवनशैलीमा हाम्रो शरीरलाई आराम तथा व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । तर, यस्ता कुरामा हामीले ध्यान दिन नसक्दा शारीरिक तथा मानसिक रूपमा अस्वस्थ्य भइरहेका छौँ । बढ्दै गएको सहरीकरण र अव्यवस्थित जीवनशैलीले हाम्रो शरीरमा अनेकौँ रोग लागिरहेको छ । सेवा र सुविधाको चाहना धेरै गर्ने र अल्छी जीवनशैलीका कारण हामीले शारीरिक व्यायाम र आराम, खानपिनमा ध्यान दिन सकिरहेका छैनौँ । हाम्रो जीवनशैलीलाई व्यवस्थित बनाउन महत्वपूर्ण उपाय हुन सक्छ, योग । योग र ध्यानमा दैनिक केही समय दिन सकियो भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ । पछिल्लो समयमा पेटको समस्या नभएकाहरू भेट्न पनि मुस्किलजस्तो भइसकेको छ । त्यसका लागि वज्रासन गर्नु निकै लाभदायक मानिन्छ । पाचन प्रणालीलाई राम्रो गर्ने वज्रासन गर्ने तरिका र यसका फाइदाबारे योग प्रशिक्षक दीपक नेपाल यसो भन्छन् स्

शरीरलाई वज्र समान बलियो बनाउने भएकाले यो अभ्यासको नाम वज्रासन भएको हो । घुँडाका समस्या भएकाहरूले यो आसन नगर्दा उत्तम हुन्छ । कुर्कुच्चा, खुट्टाका औँलामा पनि समस्या छ भने नगर्दा नै राम्रो हुन्छ । 

योग गर्नु पहिले आफ्नो योग म्याटमा आरामसँग बस्नुहोस् । त्यसपछि आँखा बन्द गरेर आफ्नो श्वासप्रश्वासलाई ध्यान दिनुहोस् । बिस्तारै आँखा खोलेर दुवै खुट्टालाई मोडेर बस्नुहोस् ।

यो आसनमा आफ्नो क्षमताअनुसार दुई मिनेटदेखि पाँच मिनेटसम्म रहन सकिन्छ । सुरुमा ३० सेकेन्डदेखि सुरु गर्दा राम्रो हुन्छ ।

वज्रासन यस्तो आसन हो, जुन खाना खाएलगत्तै गर्दा अत्यन्त लाभकारी छ । अरू वेला पनि गर्न सकिन्छ ।

वज्रासनका फाइदा 
१ पाचन प्रक्रियासँग सम्बन्धित हरेक समस्यामा लाभ दिन्छ ।

२ ढाड, गर्दनलाई पनि अभ्यास  गराउँछ ।

३ घुँडालाई बलियो बनाउँछ ।

४ समग्र शरीरलाई वज्रसमान बलियो बनाउँछ । यो आसन महात्मा गान्धीको प्रिय आसन हो ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप