शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० सदस्यीय नेपाली क्रिकेट टोली छनोट, को–को परे ?

शुक्रबार, २२ असार २०७५, २० : ४८
शुक्रबार, २२ असार २०७५

काठमाडौँ । बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि आज २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ । 

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।

त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् । 

नेपालले आगामी साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप