शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी मैत्रीपूर्ण फुटबलः प्रधान कार्यालय टिम विजयी

शुक्रबार, २२ असार २०७५, १८ : ४८
शुक्रबार, २२ असार २०७५

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूस्थित नेपाल एपीएफ रंगशालामा खेल सम्पन्न भएको हो ।  सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एक समारोहका बीच फुटबल खेलका मुख्य रेफ्री दिनेश अधिकारीलाई फुटबल हस्तान्तरण गरी सो प्रतियोगिताको  शुभारम्भ गरेका थिए ।

खेलमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय टिम र सशस्त्र प्रहरी बल नेपाल उपत्यका सुरक्षा कार्यालय टिम बीच फुटबल खेल भएको थियो । प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय टिम विजयी भएको छ । सो टिम शुन्यको विरुद्ध ३ गोलले विजयी भएको हो ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले विजयी टिमका खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप