शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जन्तरेको ‘पालामकी राजकुमारी’

शनिबार, ३१ असार २०७४, १० : १६
शनिबार, ३१ असार २०७४

काठमाडौँ  - मलेसियामा कार्यरत तेह्रथुमका कवि दिलदुःखी जन्तरेले आफ्नो नवीनतम कविताकृति ‘पालामकी राजकुमारी’ बजारमा ल्याएका छन् । 

सो कृतिको साहित्यकार वैरागी काइँला, प्राज्ञ अमर गिरी र शशी लुमुम्बू, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी लगायतले शुक्रबार विमोचन गरे । 

सो अवसरमा काइँलाले परम्परागत र मौलिक संस्कृतिमाथि बाह्य संस्कृतिको प्रभाव परिरहेका बेला जन्तरेले सांस्कृतिक सम्पदालाई महत्वका साथ आफ्ना कवितामा समेटेको बताए । 

प्राज्ञ गिरीले सांस्कृतिक चेतनाले राष्ट्रियता मजबुद हुने उल्लेख गर्दै कविहरूले जीवन र जगत्को बोध गर्नुपर्नेमा जोड दिनुभयो । प्राज्ञ लुमुम्बूले कृति मुन्धुमी भावभूमिमा आधारित रहेर रचिएको बताए । 

साहित्यकार टङ्क भट्टराई, नियात्राकार तथा कवि जय छाङ्छा र कवि चन्द्र रानाहँछाले जन्तरेका कवितामा परदेशी पीडा, स्वदेशप्रेम र स्व–संस्कृतिप्रतिको प्रगाढ आस्था प्रतिबिम्बित भएको टिप्पणी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप