केन्द्रीय संस्करण

राजधानीमा बन्दै ‘कस्मिक लभ’

person access_timeअसार २२, २०७५ chat_bubble_outline0

काठमाडौं – मुभि मेकर्सको ब्यानरमा निर्माण थालिएको चलचित्र को अहिले राजधानीका बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । गत ११ बाट छायाँकन सुरु भएको चलचित्र अहिले ललितपुरस्थित बज्रबाराही आसपासका स्थानमा भइरहेको निर्माण युनिटले जनाएको छ ।
रोमान्टिक कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रमा जय गौतम निर्माता र डि.एन.दाहाल कार्यकारी निर्माता रहेका छन् । बि.एस बलामी र एस अधिकारीले चलचित्र संयुक्त निर्देशन गर्न लागेका हुन् । 
सुरज प्रधानको प्रस्तुति रहेको चलचित्रमा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ, दिया मास्के, राजाराम पौडेल, देब महर्जन, सागर खनाल लगायतका कलाकारहरुको समेत अभिनय छ । लगायतका कलाकारको अभिनय रहनेछ । नव नायक नायिकाको रुपमा रिजन थापा तथा पुजन थापाले डेब्यु गर्दैछन् ।
सुरेश बज्राचार्यको छायांकन, शेखर ज्ञवालीको लेखन, बाबुल गिरीको संगीत, बाबु साहेबको एक्सन रहेको चलचित्रमा कबिरराज गहतराज तथा रामजी लामिछानेले कोरियोग्राफी रहनेछ । 
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ