अस्ट्रेलिया जाने विद्यार्थीका लागि विश्वासिलो माध्यम बन्दै किङ्सफोर्ड कलेज
काठमाडौँ –अस्ट्रेलिया जान चाहाने विद्यार्थीका लागि किङ्सफोर्ड अन्तर्रास्ट्रिय कलेज विश्वासिलो रहेको जनाइएको छ । राजधानीमा आयोजित कार्यक्रममा कलेज सञ्चालकहरूले यो कुराको बारेमा जानकारी गराएका हुन् ।
अस्ट्रेलियाको सिड्नीमा रहेको किङ्सफोर्ड इन्टरनेसनल कलेजमा अन्य कलेजभन्दा नितान्त फरक रहेको आयोजकले जनाएको छ ।
काठमाडौँको अन्नपूर्ण होटलमा कार्यक्रमको आयोजना गर्दै कलेज सञ्चालन गर्ने अधिकांश नेपाली भएका कारण नेपाली विद्यार्थीलाई अस्ट्रेलियामा अध्ययन गर्नका लागि सहज हुने जनाइएको छ ।
अस्ट्रेलियामा नेपालीहरूले जनाउँदै आएको सहभागिताले निकै मार्केट पाएको हुँदा किङ्सफोर्ड नेपालीहरूको विश्वास बन्न सक्ने जनाइएको छ ।
किङ्सफोर्ड अन्तर्राष्ट्रिय संस्थाका प्रमुख भीम खरेलले नेपालबाट अस्ट्रेलिया राम्रो विद्यार्थी पठाएको कारण अझैसम्म नेपाल २ नम्बरमा रहेको बताए ।
कलेज सञ्चालनका लागि अस्ट्रेलियाको सरकारबाट १ महिना पहिला अनुमति प्राप्त भइसकेको हुँदा मार्केटका लागि पहिलो पल्ट टोली नेपाल आएको कलेजका निर्देशक राजी खनालले बताए ।
कलेजको बारेमा एजेन्टहरूलाई जानकारी दिने र सहकार्य गरेर काम गर्नका लागि टिम नेपाल आएको बताए । अब १६ जुलाईदेखि कलेजको क्लास सञ्चालन हुने छ ।
किङ्सफोर्ड कलेज अरू भन्दा फरक तरिकाबाट म्याजेनमेन्टदेखि हरेक कुरामा सिड्नीमा सेटल गरेको हुँदा विद्यार्थीहरू अध्ययनका लागि जाने आयोजकको विश्वास रहेको छ । एक वर्षका लागि ९ हजार ८ सय अस्ट्रेलियन डलर अर्थात साढे ७ लाख नेपाली रुपियाँ लाग्ने बताए ।
सिड्नीको मुख्य सरहरमै भएको हुँदा कक्षा १२ सकेका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने निर्देशक खनालले बताएका छन् । जसमा अङ्ग्रेजी बोल्ने र ६० प्रतिशत माक्र्स कटेको विद्यार्थी हुनुपर्ने छ ।
सो कलेजमा डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फमेसन टेक्नोलोजी, डिप्लोमा अफ प्रोजेक्ट म्यानेजमेन्ट, एड्भान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी प्रोजेक्ट म्यानेजमेन्ट लगायतको बारेमा विद्यालर्थीलाई अध्ययन गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता