शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रेटको हल्ला वास्तविक हुँदैन – अभिनेत्री शिल्पा पोखरेल (भिडियो)

शुक्रबार, २२ असार २०७५, ११ : ५१
शुक्रबार, २२ असार २०७५

काठमाडौँ – दिन प्रतिदिन नेपाली कलाकारको पारिश्रमिक चुलिँदो छ । अभिनेता अनमोल केसीले ५० लाख र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाखसम्म लिएको चर्चा पछिल्लो समय चलचित्र क्षेत्रमा छ । यति धेरै पारिश्रमिक लिएको प्रमाण भने कही कतै भेटिन्न । न त यी कलाकारले राज्यलाई आयस्रोत अनुसार कर तिरेको रेकर्ड नै पाउन सकिन्छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकोले एक चलचित्रमा १० लाख पारिश्रमिक लिएको चर्चा अझै सेलाएको छैन । पछिल्लो समय उदाएकी शाहको पारिश्रमिक १० लाख पुग्दा चलचित्र क्षेत्रमा राम्रो जमेकी अभिनेत्री शिल्पा पोखरेलेको रेट कति त ? ‘मेरो पारिश्रमिक यति । म यति लिन्छु । यो चलचित्रमा मैले यति लिएँ । भनेर भन्दै हिँड्न मलाई मन पनि पर्दैन’, प्रश्न राख्न नपाउँदै अभिनेत्री शिल्पाले उत्तर फर्काइन् ‘एकदम राम्रो मनपर्दो स्क्रिप्ट आयो भने लिइरहेको भन्दा तल झर्नुपर्ने हुन्छ ।’ अहिले बजारमा चलेको पारिश्रमिकको हल्ला अनावश्यक भएको शिल्पाले बताइन् । भनिन्, ‘रेटको हल्ला वास्तविक हँुदैन ।’

केही पहिले व्यावसायिक सफल चलचित्र ‘मङ्गलम्’ दिएकी शिल्पा अभिनित एक चलचित्र ‘वीरङ्गना’ २९ असारबाट प्रदर्शनमा आउँदैछ । यसै चलचित्र प्रचारको सिसिलामा केही दिन पहिले रातोपाटी स्टुडियोमा आएकी शिल्पाले आफ्नो रेट पनि चलचित्रअनुसार फरक फरक रहेको खुलाइन् ।

अभिनेता पृथ्वीराज प्रसाईंका साथ ‘वीरङ्गना’मा आफ्नो रोमान्स रहेको बताएकी शिल्पाले चलचित्रका दुई हिरोमध्येका एक पृथ्वीराज भएको बताइन् । पृथ्वीसँग यो शिल्पाको तेस्रो चलचित्र हो ।

छविराज ओझाको लगानीमा बनेको ‘लज्जा’बाट चलचित्र अभिनयमा डेव्यु गरेकी शिल्पाले रातोपाटीसँगको करिब आधाघन्टाको कुराकानीमा निर्माता छविराज ओझासँगको सम्बन्धका विषयमा समेत बोलेकी थिइन् । 

मिडियाले आफ्नो चर्चा गर्दा सधैँ छविसँग जोडेका कारण आफ्नो नाम छविसँग जोडिएर आउने गरेको सो क्रममा उनले बताइन् । भनिन् ‘जसले जे विषयमा मसँग कुराकानी गर्दा पनि छविजीको नाम जोड्ने गर्दछन् । त्यसैले मेरो नाम छविसँग जोडिएर आउने गरेको हो ।’

छविसँग विवाहको सम्भावना छ कि छैन ?
‘यो भविष्यको कुरो हो । हुन पनि सक्छ नहुन पनि सक्छ’, शिल्पाको जवाफ रहेको थियो ।

अभिनेत्री रेखा बाहिरिने बित्तिकै छवि क्याम्पमा शिल्पा भित्रिएकी थिइन् । शिल्पा र छविबीचको सम्बन्धको चर्चा बेलाबेलामा गसिपको विषय पनि बन्दै आएको छ । 

‘लज्जा’पछि छविकै क्याम्पमा ‘हबलदार सुन्तली’, ‘किस्मत–२’ लगायत चलचित्र अभिनय गरेकी शिल्पाले केही पहिले प्रदर्शित चलचित्र ‘मङ्गलम्’ छविसँग बिलेर बनाएक थिइन् । 

शिल्पाले छविसँग विवाहको निर्णय गरेको केही मिडियाले यसआगडि पनि समाचार बनाएका थिए । ‘एक वर्षभित्रै हाम्रो विवाह हुन्छ । बुबाआमालाई बल्लबल्ल मनाएँ’’ उनले अन्तरवार्ता नै दिएकी थिइन् । तर रातोपाटीसँग अहिलेको कुराकानीमा विवाहको कुरो भविष्यले देखाउने अहिले यसै भन्न नसकिने उनले बताइन् ।

अभिनेत्री शिल्पासँग गरिएको थप भिडियो कुराकानीः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप