बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इनासको शाखा अब हङ्गकङ्गमा पनि गठन

शनिबार, ३१ असार २०७४, ०९ : ४९
शनिबार, ३१ असार २०७४

हङ्गकङ्ग-अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको ६७औं शाखाको रुपमा इनास हङ्गकङ्ग गठन भएको छ। चर्चित गायक नागेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको इनास हङ्गकङ्गलाई ग्लोबल समितिबाट अनुमोदन गरे पछि यस संस्थाको ६७ औं शाखाको रुपमा हङ्गकङ्ग समितिले आधिकारिकता पाएको हो।   

हाललाई तदर्थ समितिको रुपमा मान्यता प्राप्त समितिमा ग्लोबल प्रतिनिधिको रुपमा रचना प्रधान छानिएकी छिन भने कृष्ण भक्त महर्जन र क्षितीज उपाध्याय  उपाध्यक्ष, गायत्री जोशी थापा महासचिव र रिना कोषाध्यक्ष तथा महेश शिल्पकार, करुणा श्रेष्ठ, मौशम लिम्बू र विजय श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका छन्। त्यस्तै श्री जितेन्द्र महर्जन ९ज्याक० प्रमुख संरक्षक, बिनय शाह संरक्षक, हरि श्रेष्ठ र किशोर श्रेष्ठ सल्लाहाकारको रुपमा रहेका छन। 

संसारभरिका अधिकांश नेपाली कलाकार, साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सबै भन्दा ठूलो संस्थाको रुपमा उदाएको यो संस्थाले युरोपमा हरेक वर्ष महादेश स्तरीय गायन र नृत्य प्रतियोगिता, नेपाली फिल्मको सम्मानको लागि इनास अवार्ड र सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्याउने कामहरु गर्दै आएको छ भने नेपालमा विद्यालय भवन निर्माण, वालवालिकालाई पाठ्यसामाग्री वितरण र छात्रावृत्ति प्रदान जस्ता सामाजिक कामहरुमा समेत सहयोग गर्दै आएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप