शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिल शर्मा एम्सटर्डममा यस्तो अवस्थामा भेटिए

शुक्रबार, २२ असार २०७५, ११ : १४
शुक्रबार, २२ असार २०७५

भारतीय हास्यकलाकार कपिल शर्मा टेलिभिजनबाट ब्रेक लिएपछि कहाँ छन्, यो धेरैको चासोको विषय होला । हालै, उनी नेदरल्याण्डमा आफ्नो छुट्टी मनाइरहेको बताइएको छ ।

कपिलको एउटा फोटो सार्वजनिक भएको छ जसमा उनी एम्सटर्डमको कुनै सुपरमार्केटमा सामान किनिरहेको देखिएका छन् । कुनैबेला निकै फिट देखिने कपिल अब पहिलाको तुलनामा निकै मोटाएका छन् । उनको पेट भ्यात्त बाहिर निस्किएको छ ।

प्रेमिकासँग ग्रिसमा भएको खबर आएको थियोः

यसअघि कपिल शर्मा प्रेमिका गिन्नी चतरथसँग ग्रीसमा बिदा मनाइरहेको खबर आएको थियो । करिब १५ दिन पहिले (जून १९) मा कपिललाई मुम्बई एयरपोर्टमा देखिएको थियो ।

कपिल निकै लामो समयदेखि विवादमा छन् । यसै वर्षको मार्च महिनामा सुरु भएको कपिलको नयाँ कार्यक्रम ‘फ्यामिली टाइम विद कपिल शर्मा’ तीन एपिसोडपछि नै बन्द भएको थियो ।

रिपोर्टका अनुसार च्यानले कपिलको अव्यवसायिक व्यवहारका कारण यसलाई बन्द गराइएको हो । त्यसपछि नै कपिललाई डिप्रेशन भएको थियो ।

रिह्याब सेन्टरमा उपचारको पनि खबर आयोः

कपिललाई अहिले टेलिभिजन, पर्दा वा कुनै पनि कार्यक्रममा देख्न पाइँदैन । उनले सोसल मिडियाबाट पनि टाढा छन् ।

केही भारतीय मिडियाले दाबी गरे अनुसार उनको कुनै रिह्याब सेन्टरमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप