शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको बहादुरीको कथामा ‘नालापानी’

शुक्रबार, २२ असार २०७५, १० : ५३
शुक्रबार, २२ असार २०७५

 काठमाडौ – करिब तीन महिना लगातार छायांकन पछि चलचित्र  ‘नालापानी’को छायाँकन सकिएको छ । नेपाली विरताको गाथा तथा नेपाली सेनाको बहादुरीको बिषयमा बनेको यो चलचित्र अहिले सम्पादनमा रहेको निर्देशक रिमेश अधिकारीले बताए ।
भिएफएक्स र सम्पादन एकसाथ भइरहेको चलचित्रमा भिएफएक्सका दृश्य अधिक रहने निर्माण युनिटले जनाएको छ । ‘२०४ बर्ष अघिको इतिहासमा चलचित्र बनाउन कठिन त थियो नै’ अधिकारीले भने, ‘सबैको सहयोगले सहज भयो ।’
नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिईएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानमा छायांकन भएको छ । हाल भारतको देहरादुनमा रहेको नालापानीमा सन् १८१४ मा नेपाली सेनाले ब्रिटिश साम्राज्य विरुद्द युद्द लड्दा देखाएको बिरताको कथा चलचित्रले. देखाउने प्रयास गरेको छ । 
प्राचार्य रामराजा कुँवर र प्रा.डा.धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर चलचित्र ‘नालापानी’ निर्माण भइरहेको हो । 
देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
पद्मा कुमारी फिल्मस् प्राली र गंगानारायण फिल्मस् प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रका मनोज शाक्य निर्माता रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप