केन्द्रीय संस्करण

‘त्यो कङ्गाल जिन्दगी, त्यो मुसा कुद्ने कोठा’

person access_timeअसार २२, २०७५ chat_bubble_outline0

रोमेलु लुकाकु

मलाई अझै त्यो क्षण याद छ । जतिबेला हाम्रो परिवार कङ्गाल थियो । म अझै पनि रेफ्रिजरेटर नजिक बसिरहेकी मेरी आमा र उनको अनुहारलाई सम्झन्छु । 

म ६ वर्षका थिएँ र स्कूलमा ब्रेक भएपछि खाजाका लागि घर आएको थिएँ । मेरी आमाको मेन्युमा सधैँ एउटै परिकार हुन्थ्यो – दुध र पाउरोटी । म आमासँग किचकिच गर्थे । जब हामी सानो हुन्थ्यौँ त्यतिबेला धेरै कुरा बुझ्न सक्दैनौँ । तर अहिले मलाई लाग्छ मेरो परिवारले धान्न सक्ने नै यति थियो । 

त्यसपछि त्यो एकदिन जब म घर आएँ । म सिधै भान्सातर्फ लागेँ । मेरी आमा रेफ्रिजरेटर सामुन्ने दुधको बाक्स बोकेर सधैँझै उभिएकी थिइन् । उनले यतिबेला दुधमा केही मिसाउँदै थिइन् । मैले के हुँदैछ भन्ने बुझिँन । त्यसपछि उनले मुस्कुराउँदै मेरा लागि खाजा लिएर आइन् र सधैँ ठीक भएजस्तो गरिन् । 

तर, म बुझ्नसक्ने भइसकेको थिएँ । यतिसम्म याद थियो, उनले दुधमा पानी मिसाउँदै थिइन् । पूरै एक हप्ताका लागि घर खर्च चलाउन उनीसँग अरु विकल्प थिएन । हाम्रो परिवार कङ्गाल भइसकेको थियो । गरिबमात्र होइन, पुरै कङ्गाल । 

मेरा बाबु पनि फुटबल खेल्थे । तर, उनी करियरको अन्त्यमा आइपुग्दा पैसा थिएन । पहिलो प्रभाव केवल टिभीमा परेको थियो । पैसा बुझाउन नसक्दा त्यो काटिएको थियो । नो फुटबल, नो म्याच अफ द डे, नो सिग्नल । 

बिजुलीको पैसा तिरिएको हुन्थेन । म राती घर आइपुग्दा अन्धकार हुन्थ्यो । दुई–तीन सातासम्म यस्तो हुन्थ्यो । नुहाउन जाँदा तातोपानी हुुन्न थियो । आमाले स्टोभमा पानी तताएपछि म जग बोकेर बाथरुम छिर्थे अनि टाउकोबाट विस्तारै पानी खन्याउँथें । 

मेरी आमाले पैसा नहुँदा पसलबाट उधारोमा  पाउटोरी मागेर ल्याउनुपर्ने अवस्था थियो । म र मेरो सानो भाईलाई ती पसलेहरुले देखेका थिए । त्यसैले सोमबार पाउरोटी ल्याएपछि शुक्रबारसम्म पैसा दिने शर्तमा उनीहरु तयार थिए । 

मलाई थाहा छ हामी संघर्षमा थियौं । तर, जब आमाले दुधमा पानी मिसाएको देखेँ । त्यसपछि मलाई महसुस भयो, सबै सकियो । तपाईंलाई थाहा छ म के भन्दैछु ? यो हाम्रो जीवन थियो । 

मैले यसपछि कहिल्यै किचकित गरिँन । म उनलाई तनाव दिन चाहन्न थिए । चुपचाप खाजा खान्थे । तर भगवानसँग एउटा कसम भने खाएँ, आफैसँग कसम खाएँ । 

‘मलाई थाहा भयो मैले के गर्नुपर्छ र म के गर्न जाँदै छु ।’ मेरी आमालाई यस्तो अवस्थामा बाँचेको हेर्न म चाहँदिन थिए । 

मानिसले फुटबलमा मानसिक शक्तिको कुरा गर्छन् । ठीक । म तपाईंले देख्नुभएका व्यक्तिमध्ये सबैभन्दा बलियो छु । मसँग मेरी आमा र भाईसँग अन्धकारमा बसेर प्रार्थना गर्दै, कल्पना गर्दै, विश्वास गर्दै र बुझ्दै गरेको सम्झना छ ....यो सँधै रहनेछ ।

मैले मेरो कसमलाई केही समय आफैसँग राखेँ र एकदिन म स्कुलबाट आउँदा मेरी आमा रोइरहेकी थिइन् । मैले हिम्मत गरेर भनेरै छाडे – ‘आमा, यो सबै परिवर्तन हुनेछ । तपाईंले देख्नुहुनेछ म एन्डरलेक्ट क्लबबाट फुटबल खेल्नेछु र यो चाडैँ हुनेछ । तपार्इं खुसी हुुनुहुनेछ । चिन्ता गर्न आवश्यक छैन ।’

म ६ वर्षको थिएँ । मेरा बाबुलाई सोधेँ । 

‘तपाईंले कहिले व्यवसायीक फुटबल सुरु गर्नुभयो ?’

उनले भने, ‘१६ वर्ष’ ।

मैले भने, ‘ठिक छ १६ त्यसो भए ।’ 

यो हुनेवाला थियो । 

तपाईंलाई केही कुरा भनौं, मैले खेलेका हरेक खेल फाइनल थिए । जब म पार्कमा खेल्थेँ, जब ब्रेकमा किन्डरगार्डनमा, हरेक सटमा म बलको कभर च्यात्न चाहन्थें । हरेक पटक शक्तिशाली प्रहार गर्थे ।

जब म बढ्दै गएँ । केही शिक्षक तथा अभिभावकले मलाई तनाव दिन थाले । मलाई हेर्ने नजर ठीक थिएन । सायद, मेरो शारीरिक उचाई तथा छालाको रंगका कारण यस्तो व्यवहार भइरहेको थियो । एकपटक एक वयस्कले मलाई भनेका कुरा म कहिल्यै बिर्सन्न । ‘ए, तिमी कति वर्षको भयौं, कुन साल जन्मिएको ?’

मैले भने, ‘के तिमी साँच्चै सिरियस कुरा गर्दैछौ ?’

म ११ वर्षको छँदा लियर्सीको युवा टोलीबाट खेल्न थालेको थिएँ र विपक्षी टोलीका एक खेलाडीका अभिभावकले मलाई मैदान जानबाट रोके । ‘यो बच्चा कति वर्षको भयो ? उनको आइडी खोइ ? कहाँबाट हो ?,’ उनले यस्तै–यस्तै प्रश्न राखे । 

मैले सोचे, ‘म कहाँबाट हुँ ? कस्तो प्रश्न ? मेरो जन्म एन्टवेर्पमा भएको हो । म बेल्जियमबाट हुँ ।’

यस्तो घटना भइरहँदा मेरा बाबु त्यहाँ थिएनन् किनकी मलाई मैदानसम्म छाड्नका लागि उनीसँग कार थिएन । म एक्लो थिएँ र म आफै आफ्नो लागि लड्नुपर्ने थियो । मैले मेरो ब्यागबाट आइडी झिकेर सबै अभिभावकलाई देखाए र त्यतिबेला मेरो शरीरमा रगत उम्लिरहेको थियो । ‘म तेरो छोरालाई मारिदिन्छु । ध्वस्त पारिदिन्छु । अब तैलेँ रुँदै गरेको तेरो छोरालाई कारमा बोकेर लग्नेछस्,’ मैले यस्तै सोचेँ । उनीहरुले गरेको व्यवहारले मलाई त्यति बिघ्न रिस उठेको थियो । 

म बेल्जियमको इतिहासकै उत्कृष्ट फुटबलर बन्न चाहन्थे । मेरो लक्ष्य यही थियो । न राम्रो न महान्, केवल उत्कृष्ट । म धेरै रिसले खेल्थे । यसका पछाडि धेरै कारणहरु थिए – हाम्रो अपार्टमेन्टमा मुसा हरेक दिन मुसा कुद्थ्यो । मैले बत्ती नहुँदा च्याम्पिन्यस लिग हेर्न पाउँदिन थिएँ । मलाई अन्य खेलाडीका अभिभावकले फरक नजरले हेर्थे । 

म मिसनमै थिए । १२ वर्षको छँदा मैले ३४ खेलमा ७६ गोल गरेँ । यी सबै गोल मैले मेरो बाबुको फुटबल बुट लगाएर गरेको थिएँ । जब म बढे । मेरो बुबाको जुत्ता मलाई फिट हुनथाल्यो । त्यो एउटा जुत्ता हामी बाँडीबाँडी लगाउँथ्यौँ । 

एकदिन मैले हजुरबुबालाई फोन गरेँ । उनी कङ्गोमा बस्थे ।  मेरी आमाका बुबा । उनी मेरो जीवनमा एक महत्वपूर्ण व्यक्ति हुन् । उनले कङ्गोसँगको मेरो सम्बन्ध सम्झाउँथे । जहाँबाट मेरा आमा–बाबु आएका थिए । ‘म धेरै राम्रो खेल्दैछु । मैले ७६ गोल गरेँ र हामीले लिग जित्यौँ । ठूला टिमले मलाई नोटिस गर्न थालेका छन्,’ मैले फोनमा भने । 

अरु दिन उनी फुटबलबारे सुन्न चाहन्थे । तर, आज अचम्म भयो, उनले खासै चासो दिएनन् । ‘ए, रोम राम्रो भयो । अब मेरा लागि केही गर्छौ ?,’ उनले भने । 

मैले भने, ‘के गर्नुप¥यो ?’

उनले भने, ‘मेरी छोरीको ख्याल गर ?’

म धेरै कन्फ्युज भएँ । हजुरबालाई के भयो । ‘आमाको ? हुन्छ । हामी ठीक छौँ ।,’ मैले भने । 

उनले भने, ‘तिमीले कसम खानुपर्छ । मसँग कसम खानसक्छौँ कि तिमीले मेरी छोरीको ख्याल गर्नेछौँ । उनलाई सुखी राख्नेछौँ ?’

मैले भने, ‘म कसम खान्छु । हजुरबुबा ।’

पाँच दिनपछि उनी बिते र मैले बुझेँ उनले के भन्न चाहेका थिए । मेरा लागि यो ठूलो दुग्भार्य थियो । म कामना गर्छु उनी कम्तिमा थप चार वर्ष बाँचेको भए । मैले एन्डरलेक्टबाट खेलेको हेर्न पाउने थिए । मैले कसम पूरा गरेको हेर्न पाउने थिए । मैले मेरी आमालाई १६ वर्षमा एन्डरलेक्टबाट खेल्छु भनेको थिएँ । ११ दिन ढिला भयो । २००९, मे २४ मा भएको एन्डरलेक्टर र स्ट्यान्डर्ड लिगबीच प्लेअफ फाइनल, मेरा लागि जीवनकै उन्मुक्त क्षण थियो । तर बेन्चमा थिएँ । त्यतिबेला मैले आफुलाई पछाडि फर्केर हेर्ने अवसर पाएँ  । 

यहाँसम्म आउँदाको रोचक कहानी साराशंमा : 

यु–१९ का खेलमा मैले कमै खेलेको थिएँ । बेन्चमा बस्नुपर्दा तनाव थियो । म सोच्दै थिएँ, ‘कसरी म १६ वर्षमा व्यवसायीक सम्झौता पाउनुसक्छु जबकी म अझै यु–१९ को बेञ्चमा छु ।’

मैले हाम्रा प्रशिक्षकसँग बाजी राखेँ । 

मैले भने, ‘म तपाईंलाई केही कुराको ग्यारेन्टी दिनेछु । यदी मलाई खेलाउनुभयो भने डिसेम्बरसम्म २५ गोल गर्नेछु ।’

उनी हाँसे । उनको हाँसो व्यङ्यात्मक थियो । 

मैले भने, ‘ल बाजी राखौँ त्यसो भए ।’

उनले भने, ‘ठीक छ यदी तिमीले डिसेम्बरसम्म २५ गोल गर्न सकेनौं भने तिमी बेन्चमा हुनेछौं ।’

मैले भनें, ‘तर यदी तपाईंले हार्नुभयो भने खेलाडीलाई घरबाट टे«निङ मैदानसम्म ल्याउन प्रयोग हुने सबै मिनिभ्यान सफा गर्नुपर्छ ।’

बाजी लाग्यो । त्यसपछि मैले फेरि थपे, ‘तपाईले हरेक दिन हामीलाई प्यानकेक पनि खुवाउनुपर्छ ।’

उनी तयार भए र नराम्ररी हारे । नोभेम्बरसम्म मैले २५ गोल गरिसकको थिएँ । क्रिसमससम्म हामी प्यानकेक खाँदै थियौँ । यो उनका लागि पाठ पनि बन्यो, भोको केटोसँग खेल्न सकिँदैन । 

युवा टोलीमा छँदा गरेको उत्कृष्ट प्रदर्शनपछि नै मसँग क्लबले सम्झौता गरेको थियो । मैले मेरो १६ औं जन्मदिनकै अवसरमा सम्झौता गरेँ, २००९ मे १३ मा । 

त्यसपछि सिधै बाहिर गएँ र नयाँ फिफा प्लेस्टेशन तथा केबल प्याकेज किने । सिजन सकिँनै लागेको थियो । त्यसैले घरमा म निकै मज्जाले बसेको थिएँ । तर, त्यस वर्षको बेल्जियम लिग निकै रोचक थियो किनकी एन्टरलेक्ट र स्ट्यान्डर्ड लिग समान अंकसहित शीर्ष स्थानमा थिए । त्यसैले दुई लेगको प्लेअफबाट खेलको टुङ्गो लाग्ने भयो । 

पहिलो लेगमा म अन्य फ्यानजस्तै घरमा टिभी हेरेर बसिरहेको थिएँ । दोस्रो लेग सुरु हुनभन्दा एकदिनअघि प्रशिक्षकको फोन आयो । 

उनले सोधे,‘हेल्लो रोमी के गर्दैछौ ?’

मैले भने, ‘फुटबल खेल्न पार्कमा जाँदैछु ।’

उनले फेरि भने, ‘त्यस्तो हुन्न । तत्काल ब्याग प्याक गर र रंगशाला आऊ । सिनियर टिमलाई तिमी चाहिएको छ ।’ 

म छक्क परेँ । ड्याडीको बेडरुममा गएर सबै सुनाए । खुसीको सीमा थिएन । 

‘कहाँ जाँदैछौँ,’ ड्याडले सोधे ।

‘एन्डरलेक्ट म्यान,’ मैले हतारमा यति भन्दै कपडा प्याक गरिसकेको थिएँ । 

रंगशाला पुगेपछि म छिट्टै कुदेर ड्रेसिङ रुममा पुगेँ । किट म्यानले मलाई सोधे, ‘ठीक छ बाबु, कुन नम्बरको जर्सी तिमीलाई मनपर्छ ?’

मैले भने, ‘१० नम्बर दिनुस् ।’

हाहाहाहा, मलाई याद छैन । म युवा थिएँ र सायद डराएको थिएँ होला । मेरो बुझाईमा एकेडेमीबाट आएका खेलाडीले ३० वा त्योभन्दा माथिका जर्सी पाउँथे । 

मैले ३६ नम्बरको जर्सी पाएँ । त्यसरात होटलमा डिनरका क्रममा सिनियर खेलाडीहरुले गीत गाउन आग्रह गरे । मलाई याद पनि छै मैले कुन गीत गाएँ । 

भोलिपल्ट मेरो साथीले फुटबल खेल्नका लागि बोलाउन घरको ढोका ढक्ढक्याएको रहेछ । आमाले भनिछन्, ‘ऊ बाहिर खेल्न गएको छ ।’

साथीले सोध्यो, ‘कहाँ ?’

फाइनल । 

हामी बसमार्फत रंगशाला छि¥यौं । मबाहेक टोलीका अरु सबै सिनियर खेलाडीले सुट लगाएका थिए । मैले पुरानो ट्रयाकसुट लगाएको थिएँ र सबै टेलिभिजनका क्यामेराले मेरो अनुहार खिचिरहेका थिए । ३ सय मिटर परको लकर रुमसम्म गएँ । ३ मिनेट लाग्यो होला । जब, मैले लकर रुममा मेरो खुट्टा राखेँ । त्यतिबेला मेरो फोन बज्न थाल्यो । सबैले टिभीमा हेरिसकेका रहेछन् । ३ मिनेटभित्र २५ वटा म्यासेज आयो । मेरा साथीहरु खुसीले पागल भइसकेका थिए । 

मैले मेरो बेस्ट फ्रेन्डलाई मात्रै टेक्स्ट ब्याक गरेँ । लेखें, ‘ब्रो, मलाई थाहा छैन कि म खेल्न पाउँछु वा पाउँदिन । तर, टिभी हेर्दै गर्नु ।’

तपाईंलाई त याद होला नि मैले बेन्चमै बसेर यी घटनाक्रम झल्झली सम्झिरहेको छु । ६३ मिनेटमा प्रशिक्षकले बोलाएपछि म वर्तमानमा फर्कन्छु । मैदान छिर्छु र यतिबेला मेरो उमेर १६ वर्ष ११ दिनको थियो । 

हामीले त्यसदिन फाइनल गुमायौँ । तर म यसअघि नै स्वर्गको अनुभूतिमा पुगिसकेको थिएँ । मैले मेरी आमा र हजुरबुबासँग गरेको कसम पूरा गरिसकेको थिएँ । सबै ठीकठाक भयो । 

अर्को सिजन, मेरो हाइस्कुलको अन्तिम वर्षको पढाई पुरा हुन बाँकी नै थियो । यही समय म युरोपा लिग खेल्न थालिसकेको थिएँ । म ठूलो ब्याग बोकेर स्कूल जान्थें । ताकि, बेलुकी फ्लाइटमा घर फर्किन पाइयोस् । यस सिजन हामीले सजिलै लिग जित्यौँ र म बेल्जियन लिगमा अफ्रिकी वर्ष खेलाडीका लागि प्रदान गरिने इबोनी सुजको प्रतिस्पर्धामा दोस्रो भए । यो निकै रमाइलो थियो । 

यो सबै मैले अपेक्षा गरेको थिएँ । तर पनि सबै कुरा छिटोछिटो भएजस्तो लाग्यो । सञ्चारमाध्यमले पनि मेरो चर्चा गर्न थालिसकेका थिए । उनीहरुलाई मबाट ठूलो अपेक्षा थियो । विशेषगरी, राष्ट्रिय टोलीका लागि । 
तर, म बेल्जियमबाट राम्रो खेल्न सकिरहेको थिइँन । फेरि, पनि म केवल १७ वर्षमा टोलीमा परेको थिए । १८ र १९ वर्ष बित्दै थिएँ । 

जब मैलेँ राम्रो गरेको हुन्थेँ । पत्रिकामा मेरा बारे समाचार छापिदाँ रोमन लुकाकु, बेल्जियन स्ट्राइकर लेखिएको हुन्थ्योंं । 

अनि जब राम्रो खेल्न सक्दैंन थिएँ । तब, रोमेलु लुकाकु, कङ्गोली मुलका बेल्जियन स्ट्राइकर लेखिएको हुन्थ्यों । यदी तपाईलाई मैले खेलेको ठीक लाग्दैन भने त्यो ठिक छ । तर, म बेल्जियममै जन्मिएको हुँ । एन्टवर्प लिग र ब्रसेल्समा हुर्किए । मैले एन्डरलेक्टबाट खेल्ने सपना देखेँ । भिसेन्ट कोम्पनी बन्ने सपना थियो । मैले फ्रेन्च भाषामा शब्द लेखेर सुरु गरे अनि त्यसलाई डचमा पुरा गरेँ ।  र, म स्पेनिस र पोर्चुगिज पनि केही जान्छु । उनीहरु हाम्रो छिमेकमा छन् । 

म बेल्जियन हुँ । हामी सबै बेल्जियन हौं । यही कारण हो जसले यस देशलाई मज्जाको बनाएको छ । मलाई थाहा छैन किन मेरै देशका केही व्यक्ति म असफल भएको हेर्न चाहन्छन् । मलाई थाहा छैन किन म चेल्सीमा असफल हुँदा उनीहरु हाँसिरहेका हुन्थे । जब, म ऋणमा त्यहाँबाट वेस्टब्रोम पुगें, त्यतिबेला पनि उनीहरु हाँसेको भन्ने सुनेको थिएँ । 

तर ठिक छ । उनीहरु त्यतिबेला पनि मसँग थिएनन् । जतिबेला म दुधमा पानी मिसाएर पिउँथे । यदी तपार्इं त्यतिबेला मसँग हुनुहुन्न जतिबेला मसँग केही थिएन । तपाईले साँच्चै मलाई बुझ्न नै सक्नुहुन्न । 

हाँसोलाग्दो कुरा चैं के हो तपाईलाई थाहा छ ? मैले सानो छँदा १० वर्षसम्म च्याम्पियन्स लिग फुटबल हेर्न पाइँन किनकी घरको आर्थिक अवस्था खराब थियोे । म स्कूल जाँदा सबै बच्चाहरु फाइनलका विषयमा कुरा गरिरहेका हुन्थे । हिजो के भयो भनेर कानेखुसी गरिरहेका हुन्थे । तर हिजो के भयो, कसो भयो । मसँग कुनै आइडिया नै हुन्न थियो । म खिन्न हुन्थें । मलाई २००२ को संझना छ । म्याड्रिडले लिभरकुसेनलाई हराउँदाको भोलिपल्ट कक्षाकोठा छिर्दा सबै साथीहरु, ‘भली ! ओ माई गड भली !’ जस्ता कुरा गरिरहेका थिए । मैले उनीहरुले भनेको बुझेजस्तो गर्नुपथ्र्यो । तर के भएको हो, मलाई थाहा थिएन । 

दुई सातापछि कम्प्युटर क्लासमा मेरो एक साथीले इन्टरनेटबाट भिडियो डाउनलोड ग¥यो । त्यसपछि मैले बल्ल जिदानले टप कर्नर च्यापेर हानेको त्यो देब्रे खुट्टे भली हेरेँ । 

त्यही ग्रीष्ममा म साथीको घर गएँ र विश्वकप फाइनलमा रोनाल्डो खेलेको हेर्न पाए । यसबाहेक अरु प्रतियोगिताका विषयमा मैले जानेको भनेको मेरा साथीहरुले सुनाएको कथाबाटै हो । 

२००२ मा मेरो जुत्तामा ठूलो प्वाल परेको थियो । त्यो मलाई सम्झना छ । यसको ठीक १२ वर्षपछि म आफै विश्वकप खेल्दैँ थिएँ । 

र अहिले म अर्को विश्वकप खेल्दैछु र यो समयलाई खुसीको साथ बिताउन चाहन्छु । तनाव र नाटक गर्नका लागि जीवन छोटो छ । मानिसहरुले हाम्रो टिम र मेरोबारे जेसुकै पनि भन्न सक्छन् । 

म्यान, जब हामी बच्चा थियौं । हामीसँग थियरी हेनरीले खेलेको हेर्नका लागि तिर्ने केवलको पैसा समेत थिएन । आज म राष्ट्रिय टोलीमा उनीसँग धेरै सिक्दैछु (हेनरी बेल्जियमका सहायक प्रशिक्षक छन् ) । 

म ताजा अवस्थामा एक महान् खेलाडीसँग छु र उनले मलाई स्पेस पाएका बेला कसरी कुद्ने भनेर सिकाउँदैछन् । जसरी उनी कुद्ने गर्थे । 

थियरीले धेरै बुझेका छन् । हामी सधैं बहस गर्छौँ, ‘कसले बढी फुटबल हेर्छ भनेर ।’ संसारमा थियरीमात्रै त्यस्तो व्यक्ति होलान् जसले मभन्दा बढी फुटबल हेर्छन् । हामी जर्मनीको सेकेन्ड डिभिजन फुटबलका विषयमा समेत बहस गर्छौँ । 

थियरीलाई म सोध्छु – ‘के तपाईले फोर्टुना डुसेलडोर्फको टोली (भर्खरै बुन्डेस लिगमा बढुवा भएको) हेर्नुभएको छ ?’

उनी भन्छन्, ‘ हेरेको छु ।’

यो मेरा लागि यो नै रमाइलो पक्ष हो । म कामना गर्छु कि मेरा हजुरबुबा यो सबै हेर्नका लागि मेरै वरपर छन् । म प्रिमियर लिग वा म्यानचेस्टर युनाइटेडबारे कुरा गरिरहेको छैन । विश्वकपबारे कुरा गरेको पनि होइन । 

म केवल यत्ति भन्न चाहन्छु कि उनले आजको मेरो जीवन हेरुन् । एकपटक उनीसँग फोन संवाद होस् । म उनलाई जानकारी गराउँन पाउँ । 

‘तपाई छोरी आराम छिन् । अपार्टमेन्टमा मुसा छैन । भुइँमा सुत्नुपरेको छैन । तनाव पहिलेजस्तो छैन । हामी अहिले खुसी छौँ । निकै खुसी छौँ ।’

आज उनीहरुले मेरो आइडी मेरी चेक गर्नुपर्ने अवस्था छैन । उनीहरुलाई मेरो नाम थाहा छ । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ