शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिरा९१ अब नेपाली बजारमा

बिहीबार, २१ असार २०७५, १८ : ४४
बिहीबार, २१ असार २०७५

काठमाडौं । भारतमा अत्याधिक रुचाइएको बिरा९१ बियर ब्राण्ड अब नेपालको बजारमा पनि प्रवेश गर्ने भएको छ । नेपाली बजारमा  बिरा९१ का ३ स्वादहरु बिरा९१ ह्वाइट, बिरा९१ ब्लण्ड र बिरा९१ स्ट्रङ उपलब्ध हुनेछन् । 

नयाँ विश्वको लागि सुस्वादिष्ट बियरहरु भन्ने मूल नारालाई पूरा गर्न कटिबद्ध बी९ वेभरेज प्रा.लि.ले नेपाली बजारमा यी ३ विभिन्न बियरहरु वितरण गर्नका लागि ग्लोबल ट्रेडिङ कन्सर्नसँग सहकार्य गरेको छ र यी सबै वियरहरु ३३० मिलिको बोतलहरुमा उपलब्ध हुनेछन् भनें यसको बजार मुल्य ने.रु.३३० कायम गरिएको छ ।

भारत र संयुक्त राज्य अमेरिकामा पाएको अत्याधिक सफलतालाई दृष्टिगत गर्दै थप ५ वटा नयाँ बजारहरुः संयुक्त अधिराज्य, सिंगापुर, हङकङ, थाइल्याण्ड र युएईमा पनि वितरण कार्यको थालनी गर्ने योजना बिरा९१ले अघि सारेको छ ।

सन् २०१५ मा स्थापना भएको बिरा९१ले स्थापनाको छोटो समयमा नै आफ्नो स्वाद र आनन्ददायक ब्राण्डिङको कारण बियर प्रेमीहरुको मन मस्तिष्कमा पकड जमाउन सफल भएको कम्पनीको दावी छ । बिरा९१ले भारतमा पकड जमाउँदै गैरहेको र यसले वर्षेनी ८०० प्रतिशतको वृद्धिदर हासिल गरिरहेको कम्पनीले बताएको छ ।

स्थापनाको ३ वर्षमा नै यसको बिक्री बढेर ३०० करोड केसभन्दा बढी पुगिसकेको कम्पनीले बताएको छ ।

बजार विस्तारको बारेमा बी९ वेभरेज प्रा.लि.का निर्यात निर्देशक अँसुल अग्रवालले सर्जनशील शहरका पिउनेहरुलाई ध्यानमा राख्दै तयार पारिएको बिरा९१ नयाँ विश्वलाई सुस्वादिष्ट बियरहरु उपलब्ध गराउने चाहनाको उपज भएको र विश्वलाई बियरका अरु धेरै स्वादहरु चखाउने चाहना र नेपाल बजार विस्तारको एक अर्को उत्साहजनक गन्तव्य भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप