शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रोमियो एण्ड मुना’ गीत : बिदा भएर फर्किए श्रृष्टि र विनय

बिहीबार, २१ असार २०७५, १७ : ३७
बिहीबार, २१ असार २०७५

काठमाडौं – ११ साउनबाट प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’को स्याड भर्सन गीत ‘साँझ र्पयो’ रिलिज गरिएको छ । गीतमा चलचित्रको मुख्य कलाकार श्रृष्टि श्रेष्ठ र विनय श्रेष्ठ एक अर्काेसँग बिदा भएर घर फर्किएको देख्न सकिन्छ । 
कालीप्रसाद बाँस्कोटाको संगीत र कालीप्रसाद र एकतारेको शब्द रहेको गीतमा भारतीय गायक गौरव डगाओंकरको स्वर रहेको छ । नरेश कुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’मा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरी ललगायतको अभिनय देख्न सकिन्छ । 
प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयूक्त रुपमा निर्माण गरेको चलचित्र प्रेमकथामा बनेको हो । चलचित्रमा राक्षश चरित्रको पनि निर्माण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप