शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘कहिँ कतै’

बिहीबार, २१ असार २०७५, १७ : ३५
बिहीबार, २१ असार २०७५

काठमाडौं – अभिनेता दीलिप रायमाझी लामो समय पछि हिरोको रुपमा देखिन लागेको चलचित्र ‘कहिँ कतै’ले तीन पोष्टर एकसाथ सार्वजनिक गरेको छ । २५ श्रावणबाट प्रदर्शनमा आउँने चलचित्रले प्रचारका लािग तयार पारेको अफिसल पोष्टर दर्शकको प्रतिक्रिया बुझ्न सार्वजनिक गरेको हो । 

पोस्टरमा दीलिप साथमा नव–कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई देख्न सकिन्छ । पोष्टरमा अभिनेता किशोर खतिवडा र निर्माता समेत रहेकी उमा ‘बेबी’गिरीलाई समेटिएको छ ।

सिवानी र सोनमले यहि चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । सिक्कीम स्थायि घर भएकी गिरी मिस भारत र मिस हिमालयनमा फष्ट रनरअप बिजेता हुन् । पहिलो चलचित्र प्रदर्शनमा नअखाउदै उनी अभिनयमा ब्यस्त हुन थालेकी छन् । हाल उनका दुई चलचित्र छायाँकनरत छिन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्वमा रोशन श्रेष्ठ, संगीतमा सचिन सिंह र लक्की सिटौला रहेको चलचित्रको सम्पादक  अर्जुन जिसी र छायाँकार बाबु श्रेष्ठ हुन् । 

सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘कहिँ कतै’ काठमाडाै‌ उपत्यकामा रिच इन्टरटेन्मेण्ट र उपत्यका बाँहिर एफडि कम्पनीले वितरण् जिम्मा लिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप