बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माथिल्लो तामाकोसीको आइपीओ निष्काशन समय सर्यो

बिहीबार, २१ असार २०७५, १३ : १८
बिहीबार, २१ असार २०७५

काठमाडौं–माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको आइपिओमा आवेदन दिने मिति सरेको छ । अब आइपिओमा आवेदन दिन चाहने आयोजना प्रभावितले साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अघि असार २४ गतेदेखि साउन ९ गतेसम्म आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भनिएको थियो ।  
अपर तामाकोसीले आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दाका लागि  र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको२ करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । पहिलो चरणमा भने स्थानीय बासिन्दालाई एक करोड ९० लाख कित्ता आइपिओ निष्काशन हुनेछ भने यसपछि सर्वसाधारणको लागि बिक्रि खुला गरिने बिक्रि प्रबन्धक नागरीक लगानी कोषले जनाएको छ । स्थानीयले न्युनतम ३० कित्ता देखि अधिकतम ३०० कित्ता सम्मको सेयरका लागि आवेदन दिन सक्नेछन् ।  


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप