बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वेताको ‘कान्छी’ जापानमा प्रदर्शन

बिहीबार, २१ असार २०७५, ११ : ५५
बिहीबार, २१ असार २०७५

काठमाडौं । गतबर्ष रिलिजमा आएको तथा मुस्किलले लगानी उठाउन सफल चलचित्र ‘कान्छी’ जापानमा पनि शो भएको छ । केही दिन पहिले टोकियोस्थित नाकानो जेरो सिटी हलमा चलचित्रको विशेष प्रदर्शन गरिएको निर्देशक आकाश अधिकारीले जानकारी दिए ।

अधिकारी चलचित्र प्रदर्शनका लागि अहिले जापान पुगेका छन् ।नेपाल जापान विजनेश काउन्सिल, द स्काइ मूभिज प्रा.लि. र साईनो इन्टरटेन्टमेन्टको संयूक्त आयोजनामा जापानबाट पनि नेपालमा पर्यटन बिस्तार गर्ने उदेश्यले चलचित्रको जापानमा शो गरिएको निर्देशक अधिकारीले बताए ।

कार्यक्रममा निर्देशक अधिकारी सम्मानित समेत भएका थिए । ‘कान्छी’लाई जापान निवासी नेपालीले उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया दिएको अधिकारीको भनाई रहेको छ । 

आकाश अधिकारीले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र अभिनेत्री श्वेता खड्का मुख्य भुमिकामा रहेका छन् । चलचित्र अभिनेत्री स्वेता खड्काले नै निर्माण गरेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप