शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘छिरिङ’मा २५ वर्ष पुरानो गीत ‘बोल बोल पाखाहरु’

बिहीबार, २१ असार २०७५, ११ : ५४
बिहीबार, २१ असार २०७५

काठमाडौ । यशकुमारको निर्देशन रहेको चलचित्र ‘छिरिङ’को गीत सार्वजनिक भएको छ । चलचित्रमा २५ वर्ष पुरानो गीत ‘बोल बोल पाखाहरु’लाई रिमेक गरेर राखिएको छ । 

रिमेक गीतमा सुनिता थेम्मी र विन्दु परियारको स्वर छ । १२ असोज प्रर्दशन मिति तोकेको चलचित्रको यो गीत सुटुक्क रिलिज गरिएको हो । 

अहिले वल्र्डकपको महोल चलिरहेकोले कार्यक्रम बिनानै गीत रिलिज गरिएको निर्देशक यशकुमारले बताए । 

यो गीत यस अगाडी चलचित्र ‘झुमा’मा समावेश गरिएको थियो । अम्बर गुरुङ, प्रकाश गुरुङको संगीत, दिनेश अधिकारीको शब्द एवम् सुक्मित गुरुङको स्वर गीतमा रहेको छ । 

गीतमा अपरमुस्ताङको मनोरम दृश्य समेटिएको छ,भने बौद्ध धर्मावलम्बिहरुको संस्कारसंस्कृती समेत समेटिएको छ । 

सवीर श्रेष्ठ, यम थापा र यशकुमारको स्क्रिनप्ले रहेको छिरिङमा यशकुमार , कामना भुजेलका साथमा गायक तथा कलाकार निमा रुम्बाको पनि अभिनय छ । 

बाटोमुनीको फूल निर्माण गरेका गायक यशकुमारले छिरिङबाट पनि सफलता पाउने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप