शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अधिनायकवाद, कांग्रेस र केपी ओली

बिहीबार, २१ असार २०७५, ११ : ०२
बिहीबार, २१ असार २०७५

प्रधानमन्त्री केपी ओलीलाई अधिनायकवादी बन्न थालेको आरोप प्रमुख प्रतिपक्षीले लगाइरहेको छ । सर्वहारावर्गको अधिनायकत्वको दार्शनिक मान्यताका आधारमा हतियार बोकेर राजनीतिमा प्रवेश गरेका केपी ओली बहुमतको सरकारको नेतृत्वमा पुगेपछि जनताले त्यो अपेक्षा गर्नु स्वाभाविक हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि वर्तमान सरकारमा वामपन्थी बहुमत स्पष्ट भएको अवस्थाले खासगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई केपी ओली नेतृत्वको वाम आवरणको सरकार अधिनायकवादतर्फ जान थालेको महसुस भइरहेको प्रतिक्रिया कांग्रेसको नेतृत्वबाट आइरहेको छ ।

ओली नेतृत्वको सरकार वाम आवरणबाट निर्माण भएकाले यो सरकार अधिनायकवादतर्फ जाने आशंका कांग्रेस नेतृत्वले गर्नु अस्वाभाविक भने होइन । आफ्ना कार्यकर्ताहरू र आफ्नो समर्थनमा रहेका जनतालाई वामपन्थी सरकारविरुद्ध सचेत बन्न प्रयोग गर्नैपर्ने शब्द कांग्रेसका लागि अधिनायकवाद नै हो । परन्तु केपी ओली नेतृत्वको सरकार नेपाली कांग्रेसका नेताहरूले आशंका गरेजस्तो अर्थात नेपाली जनताले अपेक्षा गरेजस्तो सर्वहारावर्गको हित र  राष्ट्रको हितका निम्ति  अधिनाकयवादतर्फ जाने सम्भावना देखिंदैन ।

अधिनायकवाद भन्ने शब्दलाई अत्यन्त डरलाग्दो शब्दका रूपमा चित्रण गरिएको छ । यथार्थमा अधिनायकवाद शब्दले सरकारको कार्यशैलीलाई चित्रण गर्न सक्दछ । अधिनायकवाद शब्द नै गलत अवश्य होइन । नेपाली कांग्रेसले सरकारको नेतृत्व गरिरहँदा पुँजीपतिहरूको हितमा काम गर्ने भएकाले त्यो सरकारलाई पुँजीपतिहरूको अधिनायकवादी सरकारको रूपमा चित्रण गर्दा कुनै फरक पर्दैनथ्यो । अहिले वामपन्थी पार्टीको नेतृत्वको बहुमतको सरकार भएकाले यो सरकार जनपक्षीय सरकार बन्ला भन्ने जनतामा ठूलो आशा पलाएको छ । जनताको सरकारले जनताको हितमा काम गर्छ भन्ने विश्वास जनतामा रहनु स्वाभाविक हो । जनताको हितमा काम गर्ने सरकार जनविरोधी बनेर अधिनायकवादी शैलीमा जान खोज्यो भने त्यो जनताबाट स्वीकृत हुँदैन । जनताको पक्षमा देखिने अधिनायकवाद स्वाभाविक मानिन्छ । गरिबीको रेखामुनि रहेका बहुसंख्यक जनता नेपालमा छन् । नब्बे प्रतिशतभन्दा बढी जनसंख्यालाई मध्यनजर गरी जनहितकारी नीति तर्जुमा गरेर सरकारले आफ्नो गन्तव्य निर्धारण गर्न सक्छ भने त्यो जनपक्षीय सरकार हुन सक्दछ । जनपक्षीय सरकार अधिनायकवादी हुनु भनेको जनताको अधिनायकवाद कायम हुनु हो । जनताको अधिनायकवादलाई कसैले विरोध गरेर केही फरक पर्ने छैन । 
नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारलाई जनताको अधिनायकवादतर्पm जान नदिने उसको प्रतिबद्धता हो । कांग्रेस स्वयंमा जनपक्षीय पार्टी होइन । माथि उल्लेख गरिसकिएको छ, कांग्रेस शोषक, सामन्त र पुँजीपतिहरूको हितमा काम गर्ने पार्टी हो । कांग्रेस र कम्युनिष्टहरूबीचमा रहेको भिन्नता यही हो । वर्तमान ओली नेतृत्वको सरकारले जनताको हितमा काम गर्ला भन्ने आशा आम जनतामा पलाएको हो । तर, नेपाली कांग्रेसले यही कुरामा विरोध राख्दछ । जनताको हितमा ओली नेतृत्वको सरकारले काम ग¥यो भने यो सरकार लोकप्रिय बन्छ र कांग्रेस कहिल्यै पनि सत्तामा पुग्न सक्दैन भन्ने त्रास कांग्रेस नेतृत्वमा रहेको देखिन्छ । कांग्रेसी नेताहरूका अभिव्यक्तिहरूलाई विश्लेषण गर्ने हो भने पाइने निष्कर्ष यही हो । 

स्वाभाविक रूपमा वर्तमान सरकारको कार्यशैली देशभक्ति र जनपक्षीय हुनु पर्दछ । परन्तु, सरकारको कार्यशैली त्यसअनुरूपको देखिएको छैन । राष्ट्रिय हितका एजेण्डाहरू सरकारसँग नरहेको अवस्था छ । छिमेकी देशसँगको सम्बन्धकै आधारमा यो निष्कर्ष निकाल्न सकिन्छ । खासगरी दक्षिणतिरको छिमेकी देश भारतसँग नेपालको सम्बन्ध कसरी सुमधुर बनाउन सकिन्छ भन्ने सवालमै वर्तमान सरकार अन्योलग्रस्त देखिन्छ । परम्परागत शैलीकै सम्बन्धलाई निरन्तरता दिने गन्तव्यमा ओली सरकार देखिएको छ । नेपाल र भारतबीचको सम्बन्ध परम्परागत शैलीले जाने हो भने नेपालको आर्थिक समृद्धि असम्भव देखिन्छ । भारतले नेपालमाथि देखाउँदै आएको गिद्देदृष्टि जगजाहेर छ । नेपालका प्राकृतिक स्रोतहरूमा भारतले आफ्नो स्वामित्व कायम गराउन चाहन्छ । यो कुरा भारत सरकारको व्यवहारबाट र भारत सरकारका प्रतिनिधि पात्रहरूबाट बेलाबखत अभिव्यक्त हुने भावनाका आधारमा स्पष्ट भइरहेको छ । यसका अतिरिक्त भारतले नेपाललाई स्वतन्त्र रूपले विदेश सम्बन्ध कायम गर्नमा पनि अंकुश लगाउने प्रयास गरिरहेको छ । बेलाबखत नेपालले आफूलाई आवश्यक पर्ने सैन्य सामग्री खरिद गर्दासमेत भारतको अवरोध नेपालले भोग्दै आएको छ । यसैबाट पनि नेपालप्रति भारतको दृष्टिकोण स्पष्ट हुन्छ ।

पञ्चायतकालदेखि हालसम्म नेपालका सत्तासीनहरूले भारत पक्षसँग देखाउँदै आएको लम्पसारवादी प्रवृत्तिले नै भारतीय शासकहरूमा नेपालप्रतिको भावना निर्धारण भएको पाइन्छ । नेपालका तर्पmबाट नेपालको हितमा भारतसमक्ष प्रस्ताव राख्नै पनि नसक्नु नेपालका सत्तासीनहरूको कमजोरी स्पष्ट हुन्छ । नेपालको हितमा भन्दा भारतकै हितमा सोच्ने नेपालका नेताहरूको प्रवृत्तिले गर्दा नेपाल विकासमा पछाडि परेको स्पष्ट छ । खासगरी जलस्रोतको धनी मानिएको हाम्रो नेपालका शासकहरू जलस्रोतको उपयोग गर्ने सवालमा नेपालको भन्दा भारतको हितलाई महत्व दिन बाध्य भइरहेको देखिन्छ । यस्तो किन भइरहेको छ ? कारण स्पष्ट छ भारतको सहयोग र समर्थनविना नेपालको शासक बन्न असम्भव हुन्छ । यो कुरा नेपालको विगत र वर्तमानले स्पष्ट गरिसकेको छ । परन्तु नेपालका नेताहरूले बुझ्न सक्नु पर्दछ कि उनीहरूलाई सत्तामा पु¥याउने भारतले होइन, नेपाली जनताको मतले हो । केपी ओलीले देखाएको देशभक्तिको परिणाम आइसकेको अवस्थाले विदेशको भक्ति गरिरहनु आवश्यक देखिंदैन ।


नेपालको इतिहासमा वर्तमान सरकार जति शक्तिशाली यसअघि बनेको थिएन । वर्तमान सरकारले नेपालको हित र नेपाली जनताको हितका निम्ति जस्तासुकै काम पनि गर्न सक्ने हैसियत बनाएको छ, देशको अवस्था र आवश्यकता पनि त्यही हो  । परन्तु सबै परिस्थिति अनुकूल रहेको वर्तमान अवस्थालाई ओली सरकारले बुझ्न सकेको जस्तो देखिएको छैन । जनताका आवश्यकतालाई सरकारले प्राथमिकतामा राखेको पाइएको छैन । राष्ट्रिय हितका सवालमा सरकारले गन्तव्य स्पष्ट देखाएको छैन । अन्योलग्रस्त अवस्थामा सरकार रुमल्लिएको छ । राष्ट्रका आवश्यकता के हुन् ? सरकारले सूची बनाउन सकेको छैन । राष्ट्रिय हितमा गर्नुपर्ने कामहरूतर्पm सरकारको ध्यान देखिएको छैन ।

नेपालका सबै जलसम्पदा भारतकै जिम्मामा लगाएर नेपाललाई प्राकृतिक स्रोतको स्वामित्वबाट वञ्चित गराउने काममा विगतका सरकारहरूले गरेका कामहरूलाई वैधानिकता दिने काम मात्र भइरहेको छ । सबैभन्दा ठूलो गल्ती वर्तमान सरकारले यही गरिरहेको छ । नेपालको अहितमा भएका सन्धिसम्झौताहरू खारेज गरेर अगाडि बढ्नु वर्तमान सरकारको प्रमुख कर्तव्य हुनुपर्दथ्यो । राष्ट्रको अहितमा भएका सन्धिसम्झौताहरू खारेज नभएसम्म ओली सरकारले देश र जनताको हितमा काम गर्न सक्ने अवस्था रहँदैन । देश र जनताको हितमा काम गर्न सकिएन भने लोकप्रिय नारा लगाएर मात्र कुनै अर्थ पनि रहने छैन । ओली नेतृत्वको सरकार जनताको पक्षमा र राष्ट्रको हितमा अधिनायकवादी बनोस् भन्ने चाहना आम नेपाली जनताको छ । परन्तु गन्तव्य त्यसतर्पm देखिएको छैन ।

सरकारको उल्टो गन्तव्यले परम्परागत अधिनायकवादीहरूलाई नै प्रश्रय दिएर आपूm उनीहरूकै खेताला बन्नेतर्पm वर्तमान सरकारको गन्तव्य देखिन्छ । घुसखोरीहरू, भ्रष्टाचारीहरू, कालाबजारियाहरू, शिक्षा, स्वास्थ्य, बंैकलगायत हरेक क्षेत्रका माफियाहरू, सुदखोरहरू सबैलाई खुशी तुल्याएर जनताको खुशी लुट्न तल्लीन रहेको वर्तमान सरकार कसको अधिनायकवादी बनिरहेको छ ? नेपाली कांग्रेसले जवाफ आफैसँग खोज्नु ठीक होला ? ओली सरकारको अधिनायकवादी गन्तव्य कांग्रेसले देखाउने हौवा मात्र हो, सबैलाई चेतना भया !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमकान्त पाण्डे
निमकान्त पाण्डे
लेखकबाट थप