शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजल

शनिबार, ३१ असार २०७४, ०८ : ०३
शनिबार, ३१ असार २०७४

-लेखनाथ खनाल ‘अङ्कुर’ 

भाइ–भाइको यो हाम्रो एकता चर्कनु हँुदैन 
छोइछिटो भनी अब सुनपानी छर्कनु हुँदैन 

सबै हामी नेपाली भएर  बाँच्न सक्नुपर्छ 
यो जात–भातको कुतर्क गरेर झर्कनु हुँदैन 

एक्काइसौँ शताब्दीको सेरोफेरोमा पुगेर, 
फेरि त्यै पुरानो रुढीवादतिर फर्कनु हँुदैन 

कसैलाई सानो जात होस् भनी हेप्न पाइन्न 
ठालु बनेर थर्काउन खोज्लान थर्कनु हुँदैन 

भाँडाकुँडा कपडा हुन्न कहिले पनि अछुत 
मान्छेले छुँदा छोइन्छ भनेर  तर्कनु  हुँदैन

अधिकार  सबैलाई  बराबर  हुनुपर्छ  यहाँ
मनैदेखि सोचौँ अब यो समय घर्कनु हुँदैन

अर्जुनचौपारी–६ दरौँ, स्याङ्जा
 हाल : यूएई 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप