शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय पारा भारोत्तोलनमा दीपक र ठाकुरले स्वर्ण जिते

बुधबार, २० असार २०७५, १९ : ३५
बुधबार, २० असार २०७५

काठमाडौं– प्रथम बृहत् राष्ट्रिय पारा खेलकूदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा दीपक तिमल्सिना र ठाकुर श्रेष्ठले आज स्वर्णपदक जितेका छन् । 

राष्ट्रिय पारा भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा दीपक र ६५ केजी तौल समूहमा ठाकुरले स्वर्णपदक जितेका हुन् । त्यस्तै, ५४ केजीमा विनोदमान श्रेष्ठ दोस्रो तथा लक्ष्मीदास मघैया तेस्रो भए । छपन्न केजीमा हरिचन्द्र श्रेष्ठ दोस्रो तथा रविन्द्र पन्त तेस्रो भए । 

नयाँबजारस्थित रिभर फिल्ड फुटसल एन्ड जिम सेन्टरमा भएको उक्त प्रतियोगिताको पुरुष ७२ केजीमा दुर्गामान तामाङले स्वर्ण, निर्मल श्रेष्ठले रजत र केशव तिमल्सिनाले कांस्य हात पारे । बहत्तर केजीमाथिको तौल समूहमा आशष मानन्धर प्रथम, राजाराम सिलवाल दोस्रो र टीकाबहादुर गुरुङ तेस्रो भए । 

महिला ५५ केजीमा निर्मला भण्डारी, तुलसा थापामगर र विमला तामाङले क्रमशः शीर्ष तीन स्थान हात पारे । पचपन्न केजीभन्दा माथि टिना महर्जनले स्वर्ण, ज्योति अर्यालले रजत र लक्ष्मी घिमिरेले कांस्य हात पारे । 

विजेतालाई आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङलगायतले पुरस्कार प्रदान गरे । एकदिने उक्त प्रतियोगितामा २२ पुरुष खेलाडीले चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै महिलातर्फ १० खेलाडीले दुई स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप