बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

बुधबार, २० असार २०७५, १९ : २८
बुधबार, २० असार २०७५

काठमाडौँ– ललित स्मृति १८ वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको सेमिफाइनल खेलमा आर्मीले मोरङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जीतमा पूर्णबहादुर श्रेष्ठ र सेसेहाङ आङदेम्बेले एक÷एक गोल गरे । 

खेलको पहिलो हाफको १०औँ मिनेटमा आर्मीका श्रेष्ठले एक गोल गर्दै पहिलो अग्रता लिए । खेलको पहिलो हाफसम्म १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा एक खायो । 

मोरङका मनिष थापाले खेलको ५५औँ मिनेटमा एक गोल फर्काएपछि खेल एक–एक गोलको बराबरीमा रह्यो तर खेलको दोस्रो हाफको इन्जुरी समयमा आर्मीको आङदेम्बेले थप एक गोल गरेपछि आर्मीको जीत पक्का भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप